पर्यटन प्रवद्धनका लागि भन्दै विराटनगरबाट संचालनमा ल्याइएको माउण्टेन फ्लाईट बन्द

माेरङ । पर्यटन प्रवद्धनका लागि भन्दै विराटनगरबाट संचालनमा ल्याइएको माउण्टेन फ्लाईट –हिमाली उडान) दुई महिनाका लागि बन्द गरिएको छ । उत्साहपूर्ण रुपमा विराटनगरस्थित विराट होलिडेजले हिमाली क्षेत्रको दृष्यावलोकनका लागि गतमंसिर महिनाबाट उडान सुरु गरेको हो । चारवटा उडान भरेपछि पुस यता खराव मौसमलाई कारण देखाउँदै उडान गरिएन । होलिडेजका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का पर्यटन संयोजक भविषकुमार श्रेष्ठ हिमाल दृष्यावलोकनका लागि यताबाट विहानी मौषम अनुकुल नभएकाले पौष र माघ महिना स्थगित गर्नुपरेको बताउ“छन् ।

प्रत्येक शनिबार विहान ७ बजेको समय माउन्टेन फ्लाइटका लागि तय गरिएको भएपनि हाल खराब मौषम जनाउँदै उडान स्थगित गरिएको छ । श्रेष्ठ भन्छन्, ‘विहान १० बजेपछि मात्रै विमास्थल खुल्छ । हाल हिमाली क्षेत्रको मौसम पनि राम्रो छैन ।’ मौषम खराब हुने र दृष्यावलोकनका लागि उपयुक्त नहुने भएकोले उडान बन्द गरिएको उनको भनाइ छ ।

नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख टेकबहादुर सिटौलाले हिमाली क्षेत्रको मौषम प्रतिकुल हुुँदा उडान नगरेकै राम्रो हुने बताए । पूर्वको पर्यटन प्रवद्र्धनका लागि हिमाली उडान कडीको रुप रहने बताउँदै श्रेष्ठले दुई महिनाको अन्तरालपछि फागुनबाट यसले निरन्तरता पाउने जानकारी दिए । त्यसैगरि, इलामका पर्यटन अभियन्ता कृष्ण शाह पनि हिमाली उडानको अनुभवका लागि पर्खाइमा रहेका छन् । फाल्गुनबाट पुनः सुरु हुने भनिएको उडानका लागि शाह टिकटलिएर बसेका छन् । ‘काठमाडौंबाट हिमाली उडानको अनुभव लिइसकेको छु,’ उनले भने, ‘विराटनगरबाट पनि लिने तयारी गरेर टिकट भने लिइसकेको छु ।’ उनले विभिन्न हिमालको लोभलाग्दो दृष्यावलोकनका लागि आतुर रहेको बताए ।

हिमाली उडानका लागि प्रति व्यक्ति नौ हजार नौ सय रुपैयाँ टिकट शुल्क लिंदै आएको होलिडेजले आउ“दो दुईवटा फ्लाइटको टिकट पूरै बिक्री भइसकेको जनाएको छ । होलिडेजका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘हामी पर्यटन प्रवद्र्धनका लागि अघि बढेका छौ ।’ यहा“ नीजि क्षेत्रसंगै सर्वसाधारणमा पनि उत्साह छ । अव यो उत्साहलाई सरकारको सहयोग र संलग्नता आवश्यक रहेको छ ।’ प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेत माउन्टेन फ्लाइटलाई लिपीबद्ध गरिएको छ ।
करिव एक घण्टाको रोमान्चकारी हिमाली उडानले सगरमाथा, लोत्से, मकालु, कञ्जनजङ्गा, कुम्भकर्ण गरी कम्तीमा १४ वटा हिमाली क्षेत्रको मनोरम् दृष्यावलोकन गराउँदै आएको श्रेष्ठले बताए ।

हिमाली उडानको उदेश्य आन्तरिकसंगै छिमेकी राष्ट्र भारतको विहार, तथा पश्चिम बङ्गालका पर्यटकलाई भित्राउने रहेको उनको भनाइ छ । माउण्टेन फ्लाईटमा विदेशीलाई आकर्षण गर्न सके होटेल व्यवसाय समेत राम्रोसंग फस्टाउने उनले बताए । श्रेष्ठले माउन्टेन फ्लाइटसंगै आफूहरु विराटनगरबाट लुम्बिनी, पोखरा र भारतको बनारससम्मको फ्लाइटको लागि पहल गरिरहेको बताए । मंसिर महिनाबाट सुरुआत गरिएको माउन्टेन फ्लाइट अन्र्तगत पहिलो फ्लाइटमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायत विशिष्ट व्यक्तिगतहरु समावेश रहेका थिए । माउन्टेन फ्लाइटका क्रममा प्रदेश सरकारका पदाधिकारीहरुले पर्यटन प्रवद्र्धनका लागि आपूmहरुले बजेट विनियोजन गर्दै अघि बढ्ने बताएका थिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया