सुनसरीको चतराधाममा कुम्भमेला लाग्ने

सुनसरी / सुनसरीको प्राचीन हरिद्वार चतराधाममा कुम्भमेला लाग्ने भएको छ । चैत २३ गतेदेखी सुरु हुने कुम्भ बैशाख २४ गतेसम्म कुम्भमेला लाग्ने भएकाे हाे । अाज इटहरीमा आयोजित पत्रकार सम्मेलनमा जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले साे बारे जानकारी दिएका हुन् । धार्मिक भावना कायम राख्न र देशवासीलाई एकतामा जोड्ने उद्देश्यका साथ कुम्भमेलाकाे अायाेजना गर्न लागिएकाे जगतगुरु बालसन्तले बताए ।

२०५९ सालमा पहिलो पटक चतरामा पूर्ण कुम्भ मेला लगाइएको थियो । त्यसयता २०६६, २०७० मा अर्धकुम्भ मेला लगाइएको थियो । कुम्भमा विश्वभरका हिन्दु धार्मिक गुरुहरु र भक्तहरु आउने र धार्मिक अनुष्ठान गर्ने जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…