कांग्रेस नेता सिटौलाले ४५ वर्षसम्मका मात्रै दायाँ वास्नुहोस् भनेपछि ….

बिर्तामोड / कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले उमेर समूह नै तोकेर ४५ वर्षसम्मका दायाँ र ४५ वर्ष भन्दा माथि उमेर भएकाहरु वायाँ वास्नुहोस् भनेपछि कार्यक्रममा सहभागी सवै चकित परे । आइतवार हल्दिवारी गाउँपालिका – १ गोलधापस्थित रामजानकी मन्दिर तथा त्रिपुरेश्वर शिवालय मन्दिर परिसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता सिटौलाले सम्वोधन पूर्व नै यसो भनेपछि सहभागी चकित मात्रै परेनन् केहीक्षण त एक आपसमा मुखामुख नै भयो । अन्नतः कार्यक्रममा सहभागीले आश्चर्य मान्दै नेता सिटौलाले भने बमोजिम नै गरे ।

कार्यक्रम सुरु भयो । कार्यक्रम थियो–‘वीपी अध्ययन प्रतिष्ठान क्षेत्र नम्वर ३ झापाले आयोजना गरेको ‘देशको वर्तमान रानजीतिक परिदृष्य र नेपाली कांग्रेसका तरुणदलको भूमिका’ विषयम एक दिवसिय अन्तरक्रिया । कार्यक्रमका सभापति भुपालकुमार वस्नेतले शुरुमै स्वागत गरेलगत्तै काँग्रेसका पूर्व महामन्त्री समेत रहेका नेता सिटौलाले सवैलाई एकमुष्ट सम्वोधन गर्दै भने–‘तरुण देशका कर्णधार हुन्, उनीहरुको हातमा सिङ्गो मुलुक छ, त्यसैले मैले उनीहरुलाई अलग्गै राखेको हुँ ।’

नेता सिटौलाले युवाको चर्चा गर्नासाथ गडगडाहत तालीले हल गुञ्जयमान भयो । फेरि उनले थपे – ‘कम्युष्टिको सरकार छ । सात प्रदेश मध्ये ६ प्रदेशमा पनि कम्युष्टिकै सरकार छ । हामी प्रतिपक्षमा मात्रै छौं । तर स्थानीय तहमा जुन पार्टीबाट जो जितेर गएपनि ऊ नै कुर्सीमा वस्छ । ऊ नै त्यो स्थानीय तहको सरकार प्रमुख हुन्छ । यस्तो अवस्थामा हामी प्रतिपक्षमा बसेर सरकारको काम काजको टिका टिप्पणी गरिरहेका छौं । तपाई तरुणहरुपनि सरकारको प्रतिपक्ष हो । त्यो पनि असल प्रतिपक्ष ।’

संसदीय व्यवस्थामा प्रतिपक्षलाई बोल्ने प्रसस्त समय दिएको हुन्छ नेता सिटौलाले भने–‘ तपाईहरु स्थानीय तहमा हुनुहुन्छ यहाँ त्यस्तो व्यवस्था छैन । यस्तो व्यवस्था नहुनु भनेको सवै मिलेर काम गर्नु हो, जो स्थानीय तहमा निर्वाचित हुन्छ ऊ नै सरकार प्रमख हो । अव तपाई सम्पूर्ण तरुणहरु मिलेर आफ्ना ठाउँको विकासमा जुट्नु पर्छ, यो, ऊ भन्दा पनि स्वतन्त्र व्यक्तिले चुनाव जितेपनि ऊ, संगै मिलेर काम गर्न सके मात्रै तरुणको भूमिका महत्वपूर्ण हुन्छ ।’

सम्वोधन पूर्व नै नेता सिटौलाले नियम बनाएका थिए । त्यो नियममा सवैलाई राजी गराएर उनले अन्तरक्रिया शुरु गरेका थिए । उनले सम्वोधन पूर्व भनेका थिए – अन्तरक्रिया भनेको एकोहोरो नेताको मात्रै भाषण होइन , तपाईहरुको पनि उत्तिकै सहभागीता रहनु पर्छ ।’

कार्यक्रममा सहभागी सवैले समर्थन जनाएका थिए । सहभागीको समर्थनसगै उनले फेरि अर्काे प्रश्ताव राख्दै भने – अहिले पौने १ भयो पौने ३ सम्म कोहीपनि कार्यक्रमस्थल छाड्दैन । अर्थात दुई घण्टा हामी यही विषयमा छलफल गर्छाैं बस्न सक्ने बस्नुहोस् नसक्ने उठेर जान सक्नुहुन्छ राजी ?’ सवैले सिटौलालको प्रस्तावलाई स्वीकार गरेपछि कार्यक्रम शुरु भएको थियो ।

नेता सिटौलाले भने बमोजिम नै कार्यक्रम तयार भएपछि दुई घण्टासम्म तरुणका विषयमा छलफल भएको थियो । छलफलमा सहभागी अधिकांशले नेता सिटौलालाई पार्टीको केन्द्रदेखि स्थानीय तहसम्मको तरुणका समस्या सुनाएका थिए ।

यसैबीच वीपी अध्ययन प्रतिष्ठान झापा क्षेत्र नम्वर ३ ले जनआन्दोलनका घाइते सहित ११ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा जनआन्दोलनका घाइते सहित राष्ट्रियता, प्रजातन्त्र,लोकतन्त्र र समाजवाद प्राप्तिका लागि उल्लेख्य भूमिका निर्वाह गर्नेहरु रहेका छन् । जसमध्ये जनआन्दोलनका घाइते गोविन्द कडरिया सहित डम्वरसिंह सिगू, गोपाल प्रसाद चुडाल, दीलिप मावो, लोकवहादुर सम्वाम्फे, मानवीर मगर, आशामान राजवंशी, गोपिन हास्दा, डिल्लीराम खनाल, तारा वराकोटी र होम चुडाल रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सिटौलाले सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा पूर्व सांदद सुधीरकुमार सिवाकोटी, विश्वदीप लिङ्देन, प्रदेश नम्वर १ का सांसाद ओमप्रकाश सरावगी लगायतले बोलेका थिए । सोही समारोहमा गोल्धाप १ तरुणदल सभापति भीम तुम्वाफो र चन्द्र लिङ्देनले हल्दिवारी गाउँपालिका भित्र रहेका तरुण युवालाई फुटवल प्रदान गरेका थिए । उनीहरुले विभिन्न पाँच क्लवलाई ५ थान फुटवल प्रदान गरेका थिए ।

यता रामजानकी मन्दिर तथा त्रिपुरेश्वर शिवालय मन्दिरलाई नेपाली कांग्रेस गोल्धाप १ बाट ३० थान कुर्सी प्रदान गरिएको थियो ।  रामजानकी मन्दिर तथा त्रिपुरेश्वर शिवालय मन्दिरको प्राङ्गढमा रहेको सामुदायिक भावनमा भएको कार्यक्रमको संचालन नेपाली कांग्रेस हल्दिवारी १ का सभापति निराजन दाहालले गरेका थिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…