झापामा घुस लिने सचिवलाई स्थानीयले समाते पछि…

झापा / घुस लिएको आरोपमा झापामा एक सचिव पक्राउ परेका छन् । मेचीनगर–२ का वडा सचिव सुरेश घिमिरेले घुस लिएको भन्दै स्थानीयले उनलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् । सचिव घिमिरेले नागरिकताको सिफारिस बनाउन स्थानीय सञ्चली तामाङसँग ९ हजार रुपैयाँ घुस लिएको आरोपमा स्थानीयबासीले कारबाहीको माग गर्दै उनलाई प्रहरीको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

सेवाग्राहीसँग पटक पटक घुस लिएको गुनासो आईरहेको र गत शुक्रबार नागरिकता सिफारिस गर्दा ९ हजार घुस लिएको भन्दै आईतबार १० बजेदेखि नै स्थानीयबासीले वडा कार्यालय घेराउ गरेका थिए । सञ्चलीका श्रीमान पूर्णबहादुरका अनुसार केही दिन अघि उनीहरु नागरिकता बनाउन वडा कार्यालय पुगेका थिए । वडा कार्यालयमा पुग्दा सासुको नागरिकता रामेछापबाट बनाएकोले झापाबाट श्रीमतीको नागरिकता बनाउन झन्झटिलो प्रक्रिया रहेको भन्दै जिल्लामा मिलाईदिने बहानामा वडा सचिब घिमिरेले आफुसँग १० हजार मागेको पीडित तामाङले बताए ।

गत शुक्रबार बिहान ८ बजे नै वडा सचिब घिमिरेले पैसा लिएर वडा कार्यालय आउनु भनेर तामाङलाई भनेकाले तामाङले माघ ४ गते शुक्रबार बिहान ८ बजे नै वडा कार्यालयमा पुगेर सचिब घिमिरेलाई रकम बुझाएका थिए । धुलाबारी घर भएका वडा सचिब घिमिरे पैसा लिनकै लागि कार्यालय समयभन्दा २ घण्टा अगाडि वडा कार्यालय पुगेको बताइएको छ । तामाङले वडा सचिबलाई पैसा दिएको कुरा उनका छिमेकीले थाहा पाए पछि मात्र घट्ना सार्वजनिक भएको थियो । नागरिकताको सिफारिस आफूले गरेको तर पैसाको बारेमा आफूलाई केही जानकारी नभएको वडा अध्यक्ष तीलक न्यौपानेले बताएका छन् ।

Purbeli TV

खोज र समसामयिक बिषयमा कलम चलाउनुहुने भण्डारी पूर्वेली न्युजका झापा सहकर्मी हुनुहुन्छ ।

सुरेन्द्र भण्डारीबाट थप

हिरासतमा बालकको रहस्यमय मृत्यु, प्रहरीले रातारात ग¥यो प्रमाण नष्ट

जसले गरे एयरपोर्टमा यति ठूलो परिर्वतन

चन्द्रगढी विमानस्थलको स्तरोन्नति धमाधम: २९ जनाको जग्गा अधिग्रहण गर्न साढे १३ करोड खर्च (तस्विरहरू सहित)

नाचेर चिनिएकी अनुजा (तस्विरहरू सहित)

जसले फुटवल खेलेरै झापालाई चिनाए

झापा गोल्ड कप : शसस्त्र प्रहरी क्वाटरफाइनलमा प्रवेश

नौमती बाजामा नौ झापाली ब्राम्हण , जातीय संकीर्ण सोचबाट माथि उठेर संस्कृति संरक्षणमा जुट्यो एक्टिभ नाइन समूह

हेलिकप्टर दुर्घटना : ‘सुनियोजित’ र ‘रहस्यमयी’ !

झापा गोल्डकपलाई ८० लाखको प्रतिबद्धता

सोनिका बनिन् मिस झापा कलेज डिभा

तपाईको प्रतिक्रिया

Loading…