कोल्मबियाको राजधानीमा कार हमला, कम्तिमा नौँ जनाको मृत्यु

कोल्मबियाको राजधानी बोगोटामा भएको एक कार हमलामा कम्तिमा ९ जनाको मृत्यु भएको त्यहाँको सुरक्षा अधिकारीले जनाएका छन् । यो घटना बोगोटा शहरको दक्षिणी भागमा पर्ने एक प्रहरी केडेट स्कुलको अगाडि भएको बताइएको छ ।

घटनामा करिब ३८ जना गम्भिर घाइते भएका छन् । प्रतक्ष्यदर्शीका अनुसार सो कार तिव्र गतीमा आएर सो केडेट स्कुलको पर्खालमा ठोक्किएको थियो । कार ठोक्किएपछि आगलागी भएको हो । सोही समयमा स्कुलमा एक कार्यक्रम भएको थियो । जसमा प्रहरी अधिकारीहरुलाई प्रमोसन गरिएको थियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया