अायाे २०७६ सालको पात्रो, दशैँ , तिहार कहिले ?

काठमाडौँ / पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिनअघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो । पात्रोअनुसार २०७६ सालको दशैँ असोज १२ गतेदेखि शुरु हुने भएको छ । विसं २०७५ सालको तुलनामा आगामी वर्षको दशैँ १२ दिन अघि परेको छ ।
पात्रोअनुसार फुलपाती १८ गते, १९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ । तिहार कात्तिक १० गतेदेखि शुरु हुने भएको छ । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया