अनसन स्थलबाटै मध्यरात काठमाडौं लगिँदै डा. केसी र विजयलाई

झापा/ फरक फरक माग राखेर डा. केसीसहित सत्याग्रहमा बसेका दुई व्यक्तिलाई नै सरकारले मध्यरात काठमाडौं लगेको छ । ९ दिनदेखि आमरण अनसनमा वसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि राति नै सरकारले डा केसीलाई काठमाडौं लान हिँडाएको छ । त्यस लगत्तै सरकारकै निर्देशनमा १० मिनेटपछि अर्का आमरण अनसनमा वसेका विजय थापालाई पनि अनसनस्थलबाट काठमाडौ लानका लागि झापा तर्फ ल्याइदै छ ।

डा. केसी ९ दिनदेखि इलाममा अनसनरत छन । विजयपनि ६ दिनदेखि आमरण अनसनमा छन् । डा केसीको बिहीबार साँझबाट मुटुको चाल अस्थिर भएको छ । चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने बताएपछि राजधानी ल्याउन पहल सुरु भएको थियो । दुवैलाई इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा ल्याइदै छ । भद्रपुरबाट डा केसी र थापालाई सेनाको नाइटभिजन हेलिकप्टरले काठमाडौं लाने तयारी भएको झापाका प्रहरी प्रमुख भीम ढकालले जानकारी दिए ।

रात परिसकेकाले इलाममा हेलिकोप्टर ल्याण्ड गर्ने अवस्था नरहेपछि इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा उनीहरुलाई ल्याएको र भद्रपुरबाट सेनाको नाइटभिजनले काठमाडौं लगिने बताइएको छ ।डा. केसीलाई भेट्न बिहीबार मात्र पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, केदारभक्त माथेमाको टोली इलाम पुगेको थियो ।

डा केसीको जस्तै आर्का आमरण अनसनमा रहेका थापाको पनि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पनि सरकारले काठमाडौं लगेको थापाकाज सहयोगी पुष्प भण्डारीले बताए । उनीहरु दुईलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिने वुझिएको छ ।

Purbeli TV

खोज र समसामयिक बिषयमा कलम चलाउनुहुने भण्डारी पूर्वेली न्युजका झापा सहकर्मी हुनुहुन्छ ।

सुरेन्द्र भण्डारीबाट थप

विद्यार्थी पढाउँदै नेपाली सेना : ‘कुखुराको मलद्वारले सर्पको विष चुस्दैन’

ललित बचाउन बिर्तामोडमा आर्थिक संकलन

झापामा घुस लिने सचिवलाई स्थानीयले समाते पछि…

अनसन स्थलबाटै मध्यरात काठमाडौं लगिँदै डा. केसी र विजयलाई

इलाममा केसी र थापाको जुहारी : चिकित्सा शिक्षा विधेयकको पक्ष र विपक्षमा सत्याग्रह

बिर्तामोडमा अन्तराष्ट्रिय व्यापार महोत्सव हुँदै

नगरप्रमुख शिवाकोटीको राजीनामा माग

झापाको बाह्रदशीमा ११ तले भ्यूटावर बन्ने

भष्टाचारको विषयमा विद्यालयमा ववन्डर : गाउँपालिका अध्यक्षलाई अभिभावकले देखाए कालो झण्डा

अर्काको नाममा ट्रायल दिने पक्राऊ

तपाईको प्रतिक्रिया