भगवती मावि व्यवस्थापन समितिको अध्यक्षमा इस्राइल मन्सुरी चयन

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा स्थित रहेको भगवती मावि व्यवस्थापन समितिको अध्यक्षमा इस्राइल मन्सुरी चयन भएका छन् । बिहीबार बसेको भगवती मावि व्यवस्थापन समितिको बैठकले मन्सुरी लाई अध्यक्ष सहित ९ सदस्यीय व्यवस्थापन समिति सर्वसहमती बाट चयन गरेको हो । यसैगरी व्यवस्थापन समितिको सदस्यहरुमा बच्चुलाल खत्वे,किसुन्देव मेहता, गितादेवी यादव, श्यामा कुमारी भण्डारी,मिरा अधिकारी, रामचन्द्र पौदार,बेनु सिग्देल र सदस्य सचीवमा
गङा पौडेल बराल रहेका छन् ।

व्यवस्थापन समितिको सदस्य रहेका मध्ये रामचन्द्र पौदर इनरुवा वार्ड नम्बर १ का वार्ड अध्यक्ष, बेनु प्रसाद सिग्देल शिक्षक प्रतिनिधि र गङा पौडेल बराल प्रअ हुन । भगवती माविको व्यवस्थापन समितिको पहिलोपटक सर्वसहमती बाट पदाधिकारी चयन गरिएको बताइएको छ । व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसहमती बाट निर्वाचित भएपछि संचारकर्मी संग कुरा गर्दै इस्राइल मन्सुरीले प्रअ,शिक्षक,अभिभावक सहित सबै संग सहकार्य गरेर बिद्यालय शिक्षा सुधारमा केन्द्रित हुने बताए ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…