होटल ब्यवसायी संघ इटहरीको अर्को बदमासी, जहितँहि भँजाईयो मिडिया

ईटहरी । होटल ब्यवसायी संघ इटहरीले आयोजना गर्न लागेको भनिएको फुड फेस्टिबलको प्रचारमा अर्को बदमासी सार्बजनिक भएको छ । सो संस्थाले बिभिन्न ठाँउमा पठाएको प्रपोजलमा समेत पूर्वेली मिडियाको नाम र लोगो दुरुपयोग गरेको पाईएको छ ।

आयोजकले ईटहरी उपमहानगरपालिका सहित अन्य ठाँउमा पठाएको प्रपोजलमा समेत पूर्वेली न्यूजकाे नाम भँजाएको भेटिएको छ । बुधबार मात्र आयेजकले मिडियाको लोगो दुरुपयोग गरेको बारेमा समाचार सार्बजनिक भएको थियो । होटल एसोसिएसन अफ इटहरीले आयोजना गर्ने भनिएको उक्त फुड फेस्टिबलमा पूर्वेली मिडिया नेटवर्कद्धारा सञ्चालित पूर्वेली न्यूजकाे लोगो दुरुपयोग गरी बिभिन्न मिडियामा अफिसियल भन्दै प्रकाशित गरेको थियो ।

अहिले सम्म सो संस्थाले आधिकारिक रुपमा आफुलाई खबर नगरेको र लोगो प्रयोग गर्ने अनुमति समेत नलिई प्रचार सामाग्री बनाई अफिसियल मिडिया भन्दै लोगो दुरुपयोग गरेको पूर्वेली मिडिया नेटवर्क प्रा.लि का अध्यक्ष सुरेश दाहालले बताएका छन । सोही बिषयमा बुधबार आयोजक संस्थाका दिपक पोखरेलसंग सम्पर्क गर्दा उनले आफु , आफ्नो संस्थाबाट गल्ली भएको स्विकारेका थिए । तर फेरी लोगोको दुरुपयोग अन्य ठाँउमा पनि भएको पाईएको छ । यसरी बिना अनुमति लोगोको चरम दुरुपयोग गर्ने आयोजक संस्था बिरुद्ध कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने अध्यक्ष दाहालले बताएका छन ।

याे पनि पढ्नुहाेस्

होटल ब्यवसायी संघ इटहरीले गर्याे मिडियाको लोगो दुरुपयोग

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…