मर्यादाक्रममा जनप्रतिनिधि हाबी

काठमाडौं / सरकारले सार्वजनिक गरेको पछिल्लो मर्यादाक्रममा जनप्रतिनिधि हाबी भएका छन् । कर्मचारीमा पनि मर्यादाक्रम थपघट गरिएको छ । तेस्रो नम्बरसम्म (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) पुरानै मर्यादाक्रमलाई निरन्तरता दिइएको छ । चौथो नम्बरबाट भने परिवर्तन गरिएको छ ।

प्रधानन्यायाधीशसँगै सभामुख र अध्यक्ष : सरकारले पाँचौँ मर्यादाक्रममा रहेका प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई चौथोमा ल्याएको छ । यसअघि चौथोमा प्रधानन्यायाधीश रहँदै आएकोमा अब सभामुख र अध्यक्षलाई पनि समेटिएको छ । मुख्य सचिवभन्दा प्रदेश सभामुख अगाडि : प्रदेश सभामुखलाई आठौँ नम्बरमा राखिएको छ भने मुख्य सचिवलाई नवौँ नम्बरमै यथावत् राखिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया