मनमोहन कप : प्रदेश ७ द्वारा ५ नम्बर प्रदेश १ सय १८ रनले पराजित

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह सी को दोस्रो खेलमा प्रदेश नम्वर ७ बिजयी भएको छ । मंगलवार इनरुवाको जेल फिल्ड मैदानमा भएको खेलमा प्रदेश नम्वर ७ ले ५ नम्वर प्रदेशलाई १ सय १८ रनले पराजित गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो ।

आफ्नो पहिलो खेलमा भारतीय क्लब विरुद्ध जितेको प्रदेश नम्वर ५ मंगलवारको खेल जितेको भए सेमिफाइनलमा प्रवेश गर्ने थियो । समूहमा प्रदेश ७ ले समेत पहिलो खेल जितेकाले बुधबार हुने भारत सुपौल र प्रदेश ७ बिचको खेलले अघिल्लो चरण प्रवेश गर्ने ग्रुप बिजेता तय गर्ने छ । मंगलवारको खेलमा प्रदेश नम्वर ७ ले दिएको २ सय ४५ रनको लक्ष पछ्याएको प्रदेश नम्बर ५ मात्रै २८ दशमलव ३ ओभरमा १ सय २६ रनमा अलआउट भएको थियो ।

प्रदेश ५ कालागि कृष्ण कार्कीले ३६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् । सन्दिप रजालीले १४, सुबेन्डु पाण्डे र बिक्रम भुषाले समान ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको आंकडा छुन सकेनन् । उसलाई सस्तैमा समेट्न खेलको म्यान अफ द म्याच प्रदेश नम्वर ७ का बिक्रम ठगुना प्रतियोगिताको पहिलो ह्याटि्रक सहित ४ विकेट लिए ।

त्यसैगरी नारायण जोशी र शेर मल्लले समान २–२ विकेट लिँदा खडक बोहरा र नरेन्द्र साउदले १–१ विकेट हात पारे । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश नम्वर ७ ले लोकेश बमको ६८ र रोशन अधिकारीको ५९ रनको मद्यतमा ८ बिकेट क्षतिमा २ सय ४४ रन बनाएका थियो । टिमकालागि बिपिन रावलले २४ र नारायण जोशीले २२ रन बनाउँदा केदार बोहरा र दिपेन्द्र थापाले २१–२१ रन बनाएका थिए । प्रदेश नम्वर ५ का मान बहादुर थापाले ३ विकेट लिएको खेलमा रुपेश कुर्मी र बिक्रम भुषाले समान २–२ विकेट लिए ।

बुधबार प्रतियोगिता अन्तर्गत अन्तिम लिग म्याचमा प्रदेश नम्बर ७ ले भारत सुपौल संग प्रतिस्पर्धा गर्नेछ । बुधबारको खेल प्रदेश नम्बर ७ ले जितेको खण्डमा सेमिफाइनलमा प्रवेश गर्नेछ भने पराजित भएको अवस्थामा नेट रनरेटको आधारमा यो समुह बाट अर्को चरणमा पुग्ने टोलिको टुंगो लाग्नेछ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सुनसरीको भाण्टावारीमा अनियन्त्रित भई बस पल्टिँदा ७ जना घाइते

भारततर्फ लादै गर्दा गिट्टी सहित ट्याक्टर बरामद

श्रीमतीद्वारा २६ वर्षीय श्रीमानको हत्या, छोराछोरी सहित श्रीमती फरार

घुरको आगो निभाउने क्रममा सुनसरीमा बालिका गम्भीर घाइते

सिराहा बाट बिराटनगर आउदै गरेको बसले किचेर पानी बेच्ने बालकको मृत्यु

सशस्त्र प्रहरीद्वारा भन्सार छलेको अवैध सामान बरामद

आगलागी पीडित परिवारलाई २५ हजारका दरले राहत वितरण

सुनसरीमा गोलि चल्यो एकजना घाइते (तस्विरहरू सहित)

सुनसरीकाे कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट, नियन्त्रण प्रयास जारी ( १३ तस्विरहरू)

कोशी टप्पुमा गोलि हानी ५ वटा चौपाया मारिए

तपाईको प्रतिक्रिया

Loading…