भारतीय टोलि लाई हराउँदै प्रदेश नम्बर ५ विजयी

इनरुवा / सुनसरी सदरमुकाम इनरुवामा जारी प्रथम मनमोहन स्मृति कपमा भारतीय टोलि लाई हराउँदै प्रदेश नम्बर ५ विजयी भएको छ । ग्रुप सि अन्तर्गत सोमबार भएको खेलमा प्रदेश नम्बर ५ ले भारतको सुपौल लाई २३ रनले हराउँदै विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर ५ ले सुपौल सामु २ सय ५४ रनको चुनौती प्रस्तुत गरेको थियो ।

प्रदेश नम्बर ५ को लागि प्रकाश केसीले ४६ तथा सुबेधु पाण्डेले ४० रनको योगदान दिएका थिए । २ सय ५४ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको सुपौल २ सय ३० रनमा अल आउट भयो । सुपौलका लागि जयचन्द यादवले ४० तथा राजेश सिंहले ३९ रन बनाएपनि टोलिको हार टार्न सकेन । बलिङतर्फ प्रदेश नम्बर ५ का रुपेश कुर्मीले ५ विकेट लिए ।

७ ओभर १ बल बलिङ गरेका कुर्मीले १ मेडेन सहित २९ रन दिएर ५ विकेट लिदै प्रदेश नम्बर ५ लाई जित दिलाएका थिए । रुपेश सोमबारको खेलको म्यान अफ द म्याच घोषित भए । रुपेश कुर्मी लाई इनरुवा नगर प्रमुख राजन मेहता र राखेप सदस्य शम्भु आचार्यले संयुक्त पुरस्कार वितरण गरेका थिए । जित संगै प्रदेश नम्बर ५ सेमिफाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । प्रतियोगिता अन्तर्गत मंग्लवार प्रदेश नम्बर ७ र प्रदेश नम्बर ५ बीच प्रतिस्पर्धा हुने आयोजक समिति विप्लव घोषले जानकारी दिए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

अपराध रोक्न नेपाल–भारत संयुक्त गस्ती गर्ने सहमती, लोकसभा चुनाव सम्पन्न गराउन भारतीय पक्षद्वारा सहयोग माग

सुनसरीमा ट्याक्टर र कार ठोकिँदा एकै परिवारका ६ जना घाइते, खतिवडा दम्पतीको अवस्था गम्भीर

इनरुवा लाई ९६ रनले हराउँदै भाण्टावारी क्रिकेट प्रतियोगिताको फाइनलमा

बिहेको प्रलोभनमा झण्डै बेचिइन् विराटनगरकी स्वास्तिका, सशस्त्र प्रहरीले भाण्टावारी नाकाबाट गर्याे उद्दार

अहिलेकै रवैया कायम रहे सरकारलाई सडकबाटै ढाल्नेछौं : विजय गच्छदार

विश्व सिमसार दिवस : सिमसार क्षेत्रमै पानी अभाव

सुनसरीमा ७ महिनामा १ सय २१ वटा आगलागी , २३ करोड बढीको क्षति

भैंसी सुन्दरीलाई इनरुवा नगरपालिकाका मेयरद्वारा “लैनो भैंसी” प्रदान

कोशीमा बीपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न 

काेशीमा भैंसी सुन्दरी प्रतियोगिता (१० तस्विरहरू)

तपाईको प्रतिक्रिया