अरुण नदीमा ¥याफ्टिङ शुरु

संखुवासभा / अरुण नदीमा पहिलो पटक जलयात्रा ¥याफ्टिङ सुरु गरिएको छ । खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा ¥याफ्टिङ सुरु गरिएको छ । पूर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मनकामा ¥याफ्टिङ सुरु गरिएको हो । अरुण नदीमा पर्यटन प्रवर्दन गर्नका लागि अरुण नदीमा ¥याफ्टिङ संचालन गरिएको हो ।

सरकारले देशभरका सय वटा नयाँ पर्यटकीय गन्तव्यमा संखुवासभाको अरुण उपत्यका र वालेश्वर राखेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्नेगरी ¥याफ्टिङ सञ्चालन गरिएको अरुण मकालु रिभर साइडका सञ्चालक राजकुमार घिमिरेले बताए । अरुण नदीमा साहसिक जलयात्रामा पर्यटन आकर्षण गर्न अहिले विभिन्न स्थानमा जलयात्रा सञ्चालन भइ रहेको संचालक घिमिरेले बताए ।

गतवर्ष खाँदबारी २ चेवाबेशीदेखि सुनसरीको चतरासम्म पहिलोपटक परीक्षणका रुपमा ¥याफ्टिङ सुरु गरिएको थियो । तर अहिले सफल परीक्षण भएपछि निरन्तर रुपमा ¥याफ्टिङ संचालन भइरहेको उनले बताए । चेवाबेशीदेखि लम्सुवा, मनकामनासम्म ¥याफ्टिङ संचालन छ ।

नयाँ पर्यटकीय गन्तव्यमा अरुण उपत्यका परेपनि सम्वन्धित निकायले पर्यटन प्रवर्दनका लागि केही सहयोग नगरेको संचालक घिमिरेले गुनासो गरे । उनले भने, अहिलेको रुटमा चेवाबेशीदेखि चतरा पुग्ने ७ स्थानमा ढुंगाको समस्या भेटिएकाले असहज भएको छ ।’ खाँदबारी २ को चेवाबेशी, धनकुटाको लेगुवा र छिन्ताङमा भेटिएका ढुंगालाई व्यवस्थापन गर्नसके तुम्लिङटारदेखि धरान ३ घण्टामै पुग्न सकिने संचालक घिमिरेले बताए ।

रुटमा भएको अवरोध हटाउन सके सप्तकोशी चतरामा चल्ने जेटबोर्ड र पानीजहाज संचालनमा ल्याउन सकिने स्थानीयको भनाइ छ । जलयातायात संचालनमा आए ८ घण्टाको यात्रा ३ घण्टामै गर्ने सकिने संचालक घिमिरेको भनाइ छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया