पर्यटक प्रवद्र्धनको लागि ‘राईड टु कोशीटप्पु २०७५’ को आयोजना हुने

उदयपुर / उदयपुर जिल्लाको पर्यटकिय विकासको लागि ‘राईड टु कोशीटप्पु २०७५’ यात्रा हुने भएको छ । आगामी माघ २५ र २६ गते ‘राईड टु कोशीटप्पु २०७५’ यात्रा हुने भएको छ । जिल्लाको पर्यटन विकासको साथै स्वच्छ वातावरण र स्वस्थ्य समाज निर्माण गर्ने सन्देश सहित साइकल यात्रा हुन लागेको साइकल संघ उदयपुरका अध्यक्ष जितु रोइलाले जानकारी दिए ।

‘स्वास्थ्य, पर्यावरण र पर्यटन संगसंगै’ भन्ने नाराका साथ उदयपुर जिल्ला साईक्लिङ संघ र नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्केको संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्न लागिएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

जिल्लाको त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाको सहयोग रहने पत्रकार सम्मेलनमा अध्यक्ष रोइलाले जानकारी गराए । त्रियुगाका मेयर बलदेव चौधरी, चौदण्डीगढीका मेयर खगेन्द्र राई र बेलकाका दुर्गाकुमार थापा समेतले सो कार्यक्रममा भाग लिने साईक्लिङ प्रतिष्पर्धात्मक भन्दा पनि मैत्रीपूर्ण सहभागितात्मक रहने बताए ।

१८ नम्बर वाहिनीका बाहिनीपति हिमासु खड्काको पनि सहभागिता रहने साईक्लिङ त्रियुगा नगरपालिकाको गाईघाटबाट सुरु भई चौदण्डीगढीको बेल्टार–बसाहा हुदै बेलका नगरपालिका पुग्ने छ । बेलकाको रामपुर बजारपछि बेलुका कोशीटप्पु नजिकैको सप्तकोशी पुलमा बास बस्ने र भोलीपल्ट सप्तकोशीमा सञ्चालित जेटबोटबाट बाराहा मन्दिरको दर्शन गरी समापन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

कोशीटप्पु विभिन्न जंगली जनावरका साथै नेपालको चराहरुको राजधानीको रुपमा परिचित आरक्षणलाई प्रर्यटकिय रुपमा चिनाउन पनि साइकलिङ यात्राको आयोजना गरिएको अध्यक्ष रोइलाले जानकारी दिए । यात्राको क्रममा तीनवटै नगरपालिकाका बजार क्षेत्रहरु परिक्रमा गरिनेछ । उदयपुरका ४५, बाहिरी जिल्लाहरुकाट ७० र नेपाली सेनाबाट पनि सहभागिता हुने अध्यक्ष रोइलाले जानकारी दिए । बढ्दो लागू औषध दूब्र्यसन, सडक दुर्घटना न्यूनिकरणका लागि समेत सन्देश फैलाउने कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिने आयोजकको लक्ष्य रहेको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

बोलेरो दुर्घटना अपडेट : गम्भिर घाइतेलाई काठमाडौं रेफर

उदयपुरमा बाँदर आतंक : बाँदर नियन्त्रण गर्न प्रशासनलाई ध्यानाकर्षण पत्र

‘हत्या पछि बलात्कार’ घटनाका दोसीलाई १६ वर्ष कैदको फैसला

उर्जा मन्त्रालयको जिपले ५ वर्षिय बालकलाई ठक्कर, स्थानीयद्वारा यातायात अवरुद्ध

कटारी नगरपालिकाका तत्कालिन लेखा अधिकृत विरुद्ध ७ करोड २२ लाखको भ्रष्टाचार मुद्दा

उदयपुरमा गोरुले लात्ती हान्दा एकको मृत्यु

उदयपुरमा आगलागीबाट ३ घर जलेर नष्ट, २३ लाख बराबरको क्षति

उदयपुरमा टिपरको ठक्करबाट एक गम्भीर घाइते

उदयपुरको कटारीमा बम फेला, प्रतिबन्धितपछि विप्लवको पहिलो नेपाल बन्द

कर्मचारी अभावका कारण बजेट कार्यन्वयनमा समस्या : कानून मन्त्री कार्की

तपाईको प्रतिक्रिया