बालबालिकाको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय बढाउनुपर्नेमा सरोकारवालाको जोड

ताप्लेजुङ / बालबालिकाको क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी संघसंस्थाबीचमा समन्वय बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएकाछन् । जिल्ला बाल न्याय समन्वय समितिले आयोजना गरेको ‘बाल न्याय प्रणाली र सरोकारवाला निकायहरुको भुमिका विषयक’ अन्तरक्रिया कार्यक्रमका सहभागीले बाल न्याय प्रणालीलाई सुदृढ र प्रभावकारी बनाउनका लागि एक–आपसमा समन्वय हुन आवस्यक रहेकोमा जोड दिएकाहुन् ।

जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसस्था धेरै देखिए पनि बालबालिकाको हितमा उल्लेख्य प्रगति नदेखिएको सहभागीले बताए । कार्यक्रममा जिल्ला न्यायधिस कृपाशुर कार्कीले जिल्ला स्थित बालबालिका क्षेत्रमा काम गर्ने कतिपय कार्यलय र कर्मचारी गुमनाम जस्तै देखिएकोमा गुनासो गर्नुभयो । केहि कर्मचारीले त महिनौ दिन सम्म पनि फोन नउठाएको उहाँको भनाई थियो ।

बाल अधिकारलाई सुनिश्ति गर्न र उनिहरुको क्षेत्रमा आएका बजेट तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि सरोकारवालाबीचमा समेत समन्वय हुन आवस्यक रहेकोमा उहाँले जोड दिनुभयो । यसैबीच ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक संजयसिंह थापाले बाल अपराधलाई न्युनिकरण गर्न र आफ्नो अधिकारको प्रत्याभुति दिन सवै पक्ष जिम्मेवार भएकोमा जोड दिनुभयो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पुर्कुटी पूर्वेली न्युजका ताप्लेजुङ सहकर्मी हुनुहुन्छ ।

सन्तोष पुर्कुटीबाट थप

पाथीभरा पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि आज पुलिस र आर्मी भिड्ने

ताप्लेजुङमा कार दुर्घटना, दुई घाईते (तस्विरहरू सहित)

ताप्लेजुङमा १६ वर्षिय बालिकालाई पटक पटक बलात्कार गर्ने तीन पुरुष पक्राउ

ताप्लेजुङ फक्ताङलुङबाट ९ थान भरुवा बन्दुक नियन्त्रणमा

पाथीभरामा चल्ने सवारी साधनमा भजन बाहेकका गीत बजाउन नपाईने

कर्तव्य ज्यान मुद्धामा ६ वर्षदेखि फरार अभियुक्त पक्राउ

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि ताप्लेजुङमा नमुना अभ्यास प्रर्दशनी

हिमपातका कारण ताप्लेजुङका उच्च क्षेत्रका बासिन्दा चिसोको मारमा, वर्षाले किसानलाई फाईदा

नेपाल विद्यार्थी संघद्धारा ताप्लेजुङमा ओलीको पुत्ला दहन सहित विरोध प्रर्दशन

अञ्जली लिम्बू बनिन् मेरिङदेन डान्स स्टार

तपाईको प्रतिक्रिया

Loading…