‘बिरामीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ’

भक्तपुर/ खानेपानीमन्त्री बिना मगरले घरपरिवार र समाजले अर्बुद रोगका बिरामीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।
भक्तपुर क्यान्सर अस्पतालमा खानेपानी आयोजनाको उद्घाटन गर्दैै उहाँले गाउँगाउँमा अर्बुदबारे चेतना जगाउन सबै लाग्नुपर्ने बताउनुभयो । सो अवसरमा मन्त्री मगरले अस्पताललाई रु १२ लाखको लागतमा पिउने पानीको व्यवस्था गर्नुभएकी प्रसुनदेवी घिराइया तथा सो अस्पताललाई रु २३ लाख बराबरको अल्ट्रासाउन्ड उपकरण खरिद गर्न सहयोग पु¥याउनु भएकी रिना श्रेष्ठलाई सम्मान गर्नुभयो ।

उक्त अवसरमा अर्बुदपीडित बिरामीले मन्त्री मगरसँग योग्यताअनुसारको जागिरको व्यवस्था तथा मासिक रु पाँच हजार सहयोग गर्ने सरकारको निर्णयलाई निरन्तरता दिन माग गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…