रु एक लाखको पुरस्कार प्रदान

काठमाडौँ / ‘स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशाला–२०१९’ तेस्रो संस्करणमा शून्य ऊर्जा शीतभण्डार र दुग्ध मिसावट पत्ता लगाउने ‘किट’ सम्बन्धी स्टार्ट अवधारणाले रु एक÷एक लाखको पुरस्कार जितेका छन् ।स्वीट्जरल्याण्डमा अध्ययनरत तथा कार्यरत नेपाली विद्यार्थी एवं पेशाकर्मीको संस्था नेपालिज साइन्टिफिक एशोसिएशन स्वीट्जरल्याण्ड (नेपसास) ले आयोजना गरेको सो कार्यशालामा यस वर्ष सहभागी भएका करीब ८० प्रतियोगीमध्येबाट सो पुरस्कार प्राप्त गरेका हुन् ।

देशभरिबाट खुलारूपमा आह्वान गरिएको प्रतिस्पर्धामा ५०० भन्दाबढीले आवेदन गरेकामा प्रारम्भिक चरणमा ८० जनालाई चयन गरिएको थियो । नेपालमै पहिलोपटक ‘स्पिड डेटिङ’ को अवधारणाबाट ५४ जनालाई छनोट गरी १७ टिममा विभाजित गरिएको नेपसासका अध्यक्ष रञ्जन मिश्रले जानकारी दिनुभयो ।युवामाझ विज्ञान तथा प्रविधिमा आधारित उद्यम (स्टार्टअप) हरू प्रवद्र्धन गर्दै आइरहेको नेपसासले हालको प्रतिभा पलायन (ब्रेन ड्रेन) लाई दिगो र समृद्ध प्रतिभा प्राप्तिमा बद्लिने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया