डा. केसीसंगका सम्झौता पालना हुनु पर्छ : गच्छदार

माेरङ / नेपाल कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले डाक्टर गोविन्द केसी र सरकारबीच भएको चिकित्सा विषयक संझौता अक्षरस पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसंगको संक्षिप्त कुराकानीका क्रममा उपसभापति गच्छदारले सरकारले डा. केसीसंग भए गरेका सहमति पालना गरेको खण्डमा जनताको विश्वास लिन सक्ने बताए । यस विषयमा सरकार कुनै एक दलको पक्षमा राखेर अघि बढ्न नहुनेमा पनि उनले जोड दिए । विवादास्पद बन्दै गएको वाइडबडी विमान खरिद प्रक्रियाको विषयमा उपसभापति गच्छदारले सभापति शेरबहादुर देउवाको बचाउ गर्दै भने, ‘सभापति देउवाजीलाई वाइडबडी विमान विवादमा जोड्नु गलत हो ।’

वाइडबडी विमान विवादका विषयमा उनले भने, ‘लेखा समितिले विमान खरिद अनियमितता सम्वन्धी छानवीन कार्य जारी राखेकोले त्यसको निर्णय नआउन्जेल सरकारले छानवीन आयोग गठन गर्नु आवश्यक छैन ।’

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…