एक सय जनालाई कपडा वितरण

माेरङ / इन्डिपेन्डेन्ट ह्युमन फाउण्डेसनले मन्दिर परिषरमा रहेर जीवनगुजारा गर्ने एक सय जनालाई जाडोमा लगाउने कपडा वितरण गरेको छ । विराटगनरस्थित विभिन्न मन्दिरमा दैनिक विहानीपख भक्तजनसंग आर्थिक सहयोग मागेर गुजारा गर्नेहरुलाई न्यानो ब्लान्केट वितरण गरिएको फाउण्डेसनकी अध्यक्ष सावित्री आचार्यले जानकारी दिइन । समाजिक कार्यमा विगत लामोसमयदेखि सक्रिय हुँदै आएको आचार्यपरिवारका सदस्य फाउण्डेसनमार्फत आर्थिक अवस्था कमजोर, असहायलाई सहयोगार्थ जुटिरहेका छन् ।

गएको तीनवर्ष अघि समाजिक कार्यका लागि संस्थागत रुपमा अघि बढ्नुपर्ने सोच बनाएको आचार्य परिवारले त्यसपछि निरन्तर विभिन्न कठिन समयमा सम्बन्धित पीडितलाई सहयोग गर्दै आइरहेको छ । यसअघि, विभिन्न विद्यालयका बालबालिकाहरुलाई कपडा, किताव तथा अन्य सामाग्रीसहित सहयोग पुराउदै आएको संस्थाकी सदस्य ज्योति आचार्यको भनाइ छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…