कङ्गोमा प्रतिद्वन्दी दलद्वारा पुनः मतगणनाका लागि अदालत जाने

किन्शास / कङ्गोमा हालै भएको राष्ट्रपतीय निर्वाचनमा दोस्रो भएको पार्टीले पुनः मतगणना गर्न माग गर्दै अदालतमा मुद्दा दर्ता गराउने भएको छ । निर्वाचनमा आफ्नो पार्टीले ६१ प्रतिशत मत पाएको भएपनि मतगणनामा धाँधली भएको भन्दै दोस्रो ठूलो पार्टीले संवैधानिक अदालतमा मुद्दा दिन लागेको हो । “पुनः मतगणनाको माग गर्दै हामी शनिबार संवैधानिक अदालतमा जान लागेका छौ,” पार्टीका नेता मार्टिन फायुलुले आफ्ना समर्थकहरूको ¥यालीमा शुक्रबार भन्नुभयो ।

गत बिहिबार घोषणा गरिएको निर्वाचन परिणाममा फेलिक्स टीसिसेकेडीले ३८.५७ प्रतिशत मत ल्याएर विजयी भएको र फयुलुले ३४.८प्रतिशत मत ल्याएर दोस्रो भएको घोषणा गरिएको थियो । वर्तमान राष्ट्रपति जोसेफ काबिलाको समर्थनमा उम्मेदबार बन्नु भएका इम्मानुयल रमजानी शडारीले भने २३.८ प्रतिशत मत ल्याएर तेस्रो हुनुभएको थियो । घोषित निर्वाचनले धेरैलाई चकित बनाएको समाचारमा जनाइएको छ । निर्वाचन अघि धेरैले फायुलुले नै निर्वाचन जित्ने दावी गरेका थिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया