अपडेट : विष्फोटबाट घाइते बालिकालाई विराटनगर आँखा अस्पताल लगियाे

मोरङ । मोरङको बिराटनगर महानगरपालिका १५ रामजानकी चौकमा शुक्रबार मध्यान्ह अज्ञात बस्तु बिस्फोट हुँदा एक बालकको मृत्यु भएको छ भने एक बालिका गमिभर घाईते भएकी छिन ।

बिस्फोट भएको स्थान नजिकै खेलिरहेका सुवास मण्डलका छोरा अमित मण्डलको उपचारका लागी गोल्डेन अस्पताल लैजाने क्रममा मृत्यु भएकाे छ भने राजेश मण्डलकी छोरी राधिकुमारी मण्डलको गम्भिर घाइते भएकी छिन ।

विष्फोटबाट घाइते भएकी बालिकालाई उपचारका लागि कोसी अञ्चल अस्पतालबाट विराटनगर आँखा अस्पताल लगिएको छ । कोसीमा उपचार सम्भव नभएपछि र उनको दुबै आँखामा विष्फोटबाट चोट लागेपछि उपचारका लागि त्यहाँ लगिएको प्रहरीे जनाएको छ । घाइते बालिकाको उमेर ६ वर्ष र मृतक बालकको उमेर ७ वर्ष रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्रबहादुर रानाले आगो तापेर बालबालिका खेल्दै गरेको अवस्थामा विष्फोट भएको जानकारी दिए । विग्रिएको पुरानो मोवाइलको ब्याट्री बलिरहेको आगोमा परेपछि पड्किएर घटना भएको हुन सक्ने आशंका गरिएको रानाले बताए । अन्य कुनै चिज वस्तु विष्फोट भएको हुन सक्ने आशंकामा घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

Loading…