बरण्डाको झ्यालबाट ईटहरी चिहाउँदा… ( १० तस्विरहरू )

इटहरी । सुनसरीको ईटहरी भन्ने बित्तिकै पुर्वी नेपालको मध्यभाग भन्ने आम बुझाई रहेको छ । ईटहरीको चौरास्तामा नपुगी पुर्बका कुनै पनि जिल्लामा आवातजावत गर्न प्रायः असम्भव जस्तै छ । त्यहि चौरास्तामा निर्माण भएको छ होटल बरण्डा । ईटहरीको चौरास्ता पुर्व उत्तरमा निर्माण भएको सो होटल ईटहरीको दृश्यावलोकनका लागी सबैभन्दा उपर्युत्त स्थान बनेको छ । १५ करोडको लगानीमा निर्माण भएको सो होटलमा ३० वटा लक्जरी रुम र ३ वटा स्वीट रुम रहेको र थ्रि स्टार सरह सेवासुविधा रहेकाे म्यानेजिङ डाईरेक्टर सिद्धार्थ श्रेष्ठ बताउँछन ।

१० तले प्लाजाको ६ देखि ९ तल्लामा श्रेष्ठ ईन्टरटेनमेन्टको नयाँ लगानीको होटल ‘वरन्डा’ सञ्चालनमा रहेको छ । श्रेष्ठका अनुसार यो होटलमा ३६ आकर्षित कोठाहरु छन । सबै कोठाबाट इटहरी शहरको दृश्य देख्न सकिने बरन्डाको बिशेषता हो । पहिलो पटक ईटहरीमा यति सुविधायुक्त सपिङ्ग मल खुलेको श्रेष्ठको दावी छ ।

सोही भवनमा श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पिटालिटीले सिनेमाहलसहितको आकर्षक सपिङ्ग मल ‘सेन्ट्रल प्लाजा’ संचालनमा ल्याएको छ । १० तले मलको ग्राउन्ड फ्लोरदेखि तेस्रो तल्लासम्म अन्तर्रा्ष्ट्रिय ब्रान्डका कपडाहरु छन भने चौथो तल्लामा फुड कोर्ट, गेमिङ्ग जोन र किड जोन रहेकाेछ । ‘सिनेफ्लिक्स मल्टिप्लेक्स’ यो भवनको पाँचौ तल्लामा रहेको छ । ईटहरीमा पहिलो पटक बनाइएको लक्जरी मल्टिप्लेक्समा दुई स्क्रिन छन् । २७० सीट क्षमताको उक्त मल्टिप्लेक्सको स्क्रिनमा पछिल्ला सबै हिन्दी, नेपाली र अङ्गग्रेजी सिनेमाहरु थ्रीडीमा हेर्न पाइने छ । तस्विरहरू : विशप ताम्राकार

 

Purbeli TV

तपाईको प्रतिक्रिया