बिद्यालयको जग्गा मिचेर बस्ती निर्माण

बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ३ मा रहेको भगवती माध्यमिक बिद्यालयको ८ कठठा जग्गा मिचेर सिंगो बस्ती निर्माण गरिएको छ । पशु बजार लाईनमा रहेको सो जग्गा बजारले उपयोग गर्दै आएको भएपनि पछिल्लो समय सो स्थानमा सिंगो बस्ती नै निर्माण भएको छ । बिद्यालयमा कुनै खेल मैदान समेत छैन,तरपनि बिद्यालयको जग्गामा भने सिंगो बस्ती नै निर्माण गरिएको छ । बिद्यालयको जग्गा कति छ भन्ने बिषयमा बिद्यालय प्रशासन नै अनभिज्ञ रहेको छ । केही समय अघि बिद्यालयलाई जग्गा दिने दाताहरुको बिद्यालयमा रेकर्ड नै समेत पाईएको थियो ।

बिद्यालयका दाताहरु को हुन भन्ने बिषयमा सामान्य सोधीखोजी बिद्यालयले गरेपनि कुन दाताले दिएको जग्गा कति हो र त्यो जग्गा कहाँ छ भन्ने बिषयमा भने बिद्यालय प्रशासन अझै अन्यौल मै रहेको छ । बिद्यालयकै नाममा रहेको ८ कठठा जग्गा यतिबेला अतिक्रमण भई घरटहरा समेत निर्माण भईसकेको छ । त्यो घर कस्ले बनायो र कस्ले अनुमति दियो भन्ने बिषयमा बिद्यालय प्रशासन,वडा कार्यलय र नगरपालिका समेत अन्यौलमा रहेको छ ।

पशु बजारमा भैसी पाल्न र सामान्य गोठ निर्माणका लागी शूरुमा सो जग्गा उपलब्ध गराएको भएपनि पछि बस्ती नै निर्माण हुँदा समेत सम्बन्धित पक्ष मौन बस्नुले कोही जिम्मेवार ब्यत्तिकै हात रहेको स्थानीय तथा नेकपाका जिल्ला सदस्य प्रतापकुमार थापा बताउँछन । सो क्षेत्रमा बिद्यालयको जग्गा मिचिँदा र बस्ती नै निर्माण हुँदा समेत बिद्यालय प्रशासन र ब्यबस्थापन समिति मौन बस्नु अर्थपुर्ण रहेको उनी बताउँछन ।

स्थानीय भगवती टोल बिकास संस्थाका अध्यक्ष हेमसागर ढकाल बिद्यालयको जग्गा खाली गर्नुपर्ने र यसरी टहरा निर्माण गरिनु गलत भएको बताउँछन । उनले टहरा हटाएर बिद्यालयको जग्गा खाली गर्न र बिद्यालयले नै उपयोग गर्नु उत्तम हुने बताउँछन । सो क्षेत्रमा पशुबजार लाग्ने गरेको छ । आसपासमा सिंगो बस्ती नै निर्माण समेत भईसकेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…