फिदा हुसेन हत्या प्रकरण : हत्यामा संल्गन तीनजना सुनसरी प्रहरीद्वारा सार्वजनिक (तस्विर तथा भिडियाे सहित)

इनरुवा । मंसिर ५ गते बिहानै हत्या गरिएका दुहबी नगरपालिका ९ छाताबेलीका फिदा हुसेनको हत्या संग्लन तीनजना लाई सुनसरी प्रहरीले सार्वजनिक गरेको छ । घटनाको ५० दिनपछि विभिन्न स्थान बाट हुसेनको हत्यामा संग्लन रहेका तीनजना लाई सुनसरी प्रहरीले बिहीबार साझ सार्वजनिक गरेको हो । मंसिर ५ गते बिहान ६ :५५ बजेको समयमा मर्निङ वाकको क्रममा जय बाबा इट्टा भट्टा नजिक नहरको पुल किनारमा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले ५४ वर्षीय हुसेनको हत्या गरेका थिए । हुसेनको हत्यामा संल्गन भएको आरोपमा विभिन्न स्थान बाट परेका दुहबी नगरपालिका ९ छाताबेली बस्ने वर्ष २८ का मोहम्मद सकिम हुसेन,दुहबी नगरपालिका ९ छाताबेली बस्ने वर्ष ३१ का मोहम्मद जाबिर हुसेन र दुहबी नगरपालिका १२ सीतापुर बस्ने ६० वर्षका विशम्बर यादव लाई सुनसरी प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ परेका मध्ये सकिम फिदा हुसेन हत्याको मुख्य योजनाकार भएको प्रहरीको भनाइ छ । यसैगरी जाबिर हत्या योजनामा संल्गन तथा सहयोगी र बिशम्बर यादव हत्यामा प्रयोग भएको हतियार लुकाउन सहयोग गरेको प्रहरी अनुसन्धान बाट पत्ता लागेको सुनसरी प्रहरीले जनाएको छ । फिदा हुसेनको हत्यामा संल्गन अर्का एकजना लाई प्रहरीले बाके बाट पक्राउ गरेको छ । हत्या पछि फरार दुहबी नगरपालिका ९ बस्ने जफार मिया लाई बाके बाट पक्राउ गरिएको र सुनसरी ल्याउने तयारी भएको प्रहरीले जनाएको छ । घटनापछि ३६ जनाको टोलिको विशेष अनुसन्धान बाट हत्यामा संल्गनहरु लाई पक्राउ गर्न सफल भएको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताएका छन् ।

सुनसरीका एसपी अधिकारीका अनुसार प्रहरीको विशेष व्युरो,केन्द्रिय अनुसन्धान टोलि,जिल्ला प्रहरी र प्रदेश नम्बर १ को टोलिको अनुसन्धान बाट फिदाको हत्या भएको ५० दिनपछि हत्यामा संग्लनहरु लाई पक्राउ गरिएको हो । दुहबीका फिदा हुसेनको हत्या पछि पक्राउ परेका दुहबी नगरपालिका ९ छाताबेली बस्ने वर्ष २८ का मोहम्मद सकिम हुसेन,दुहबी नगरपालिका ९ छाताबेली बस्ने वर्ष ३१ का मोहम्मद जाबिर हुसेन नेपाल तथा भारतका विभिन्न स्थानहरुमा लुकीछिपी बसेको प्रहरीले जनाएको छ । यसैगरी बिशम्बर यादव फिदा हुसेन हत्यामा प्रयोग भएको हतियार दुहबी नगरपालिका १२ स्थित लक्ष्मी नारायण मन्दिर परिसरमा रहेको नरिबल रुखमुनि खाल्डोमा गाडेर राखेको प्रहरीको भनाइ छ । फिदा हुसेनको हत्या व्यक्तिगत रिसिबीको कारण भएको अनुसन्धान बाट पत्ता लागेको प्रहरीको भनाइ छ । यसैबीच घटनाको बारेमा थप अनुसन्धान जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सुनसरीको भाण्टावारीमा अनियन्त्रित भई बस पल्टिँदा ७ जना घाइते

भारततर्फ लादै गर्दा गिट्टी सहित ट्याक्टर बरामद

श्रीमतीद्वारा २६ वर्षीय श्रीमानको हत्या, छोराछोरी सहित श्रीमती फरार

घुरको आगो निभाउने क्रममा सुनसरीमा बालिका गम्भीर घाइते

सिराहा बाट बिराटनगर आउदै गरेको बसले किचेर पानी बेच्ने बालकको मृत्यु

सशस्त्र प्रहरीद्वारा भन्सार छलेको अवैध सामान बरामद

आगलागी पीडित परिवारलाई २५ हजारका दरले राहत वितरण

सुनसरीमा गोलि चल्यो एकजना घाइते (तस्विरहरू सहित)

सुनसरीकाे कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट, नियन्त्रण प्रयास जारी ( १३ तस्विरहरू)

कोशी टप्पुमा गोलि हानी ५ वटा चौपाया मारिए

तपाईको प्रतिक्रिया

Loading…