नेपाल टेलिकमको बेलबारी कार्यलय गाईगोठमा परिणत (८ तस्विरहरू )

बेलबारी । मोरङको बेलबारी ३ मा रहेको नेपाल टेलिकमको कार्यलय गाईगोठमा परिणत भएको छ । कार्यलय रहेको स्थानमा बुधबार पुग्दा कार्यलय परिसरमा १ सय भन्दा बढी गाईबस्तु बाँधिएका थिए । गाईगोठकै रुपमा परिणत भएको सो स्थानमा टेलिकमका तार देखि महत्वपुर्ण सामानहरु गोबरले पुरिएका थिए । सो स्थानमा रहेको टावर केही बर्षअघि नै हावाले लडाईसकेको थियो । टावरको कुनै सामानहरु सो स्थानमा थिएनन । सो स्थानबाट धेरै सामानहरु हराईसकेका छन भने कतिपय सामानहरु खिया लागेर कामै नदिने भएका छन । जिर्ण बनेको गेटमा ताला लगाएपनि केही स्थानीयहरुले सो ताला फोरेर गाई बाँध्ने गोठ बनाएका छन ।

कार्यलय परिसरमा करोडौ मुल्यका टेलिकमका सामाग्रीहरु जतासुकै छरिएका छन भने तारहरु समेत यत्रतत्र रुपमा देखिन्छन । बन्द रहेका केही कोठाहरु समेत खण्डहर बनेर भत्किने अबस्थामा पुगेका छन । कम्पाउण्ड समेत भत्किएपछि सोही ठाँउ लागुपदार्थ दुब्र्यसनीहरुका लागी गतिलो अखडा समेत बनेको छ । बि.स २०५४ सालमा तत्कालीन बेलबारी गाँउ बिकास समितिको अध्यक्ष शिवप्रसाद बराल रहेका बेला नेपाल टेलिकम क्षेत्रिय कार्यलय सँग सो स्थानमा टावर निर्माण गर्ने सहमतिका साथ २ कठठा जग्गा उपलब्ध गराईएको थियो ।

सो स्थानमा टावर निर्माण भएपनि सो टावरले सेवा प्रबाह नगरेको र उल्टै गाबिसको जग्गा ओगटेर यतिबेला लथालिंङ बनेको स्थानीय गुनासो गर्छन । बर्षौदेखि सो स्थानलाई न त टेलिकमले प्रयोग गर्न सकेको छ न त नगरपालिका ले नै उपयोग गर्न सकेको छ । बेलबारी नगरपालिका भईसककेको र स्थानीय निर्बाचन भएर जनप्रतिनिधि समेत आएको १ बर्ष बितिसके पनि सोही ठाँउको उपयोग नभएको भन्दै स्थानीय बासिन्दा आक्रोशित बनेका छन ।

सोही ठाँउमा केही समय अघि ट्राफिक पोष्ट बनाउनका लागी पहल गरेपनि बिबिध कारण सफल नभएको र राज्यको करोडौ सम्पत्ति यसरी नष्ट हुँदा समेत टेलिकम र नगरपालिकाले चासो नदिएको भन्दै स्थानीय तथा नेकपाका जिल्ला सदस्य प्रतापकुमार थापाले रोष प्रकट गरेका छन । उनले नगरपालिकाले यो ठाँउ कि उपयोग गर्न या त खाली गर्नुपर्ने समेत बताएका छन । राज्यको सम्पत्ति यसरी दुरुपयोग हुनु दुःखद रहेको उनले बताए । स्थानीय कुलबहादुर थापाले नगरपालिकाले समेत यस बिषयमा चासो नदेखाउँदा दुःख लागेको बताए ।

 

सो स्थानमा रहेको टावर समेत भत्किएर चिनो नै हराएको छ भने करोडौका सामानहरु कार्यलय परिसरमा कामै नदिने अबस्थामा गोबरले पुरिएका छन । सोही स्थानमा न त टेलिकमले कुनै खोजी गरेको छ न त नगरपालिकाले नै कुनै प्रयोजनका लागी प्रयोग नै गरेको छ । सोही बिषयमा नेपाल टेलिकम बिराटनगरका क्षेत्रिय प्रमुख अमरनाथ झा सँग सम्पर्क गर्दा उनले यस बिषयमा आफुलाई कुनै जानकारी नभएको र शाखा अधिकृत प्रकाश शर्मा सँग बुझन आग्रह गरे । त्यसपछि शर्मा सँग बुझदा सोही स्थानमा राखिएको टावर तारले बाँधिएका कारण हावाले लडाएको र त्यसपछि सो स्थानमा के गर्ने भन्ने बिषयमा कुनै छलफल नभएको प्रतिक्रिया दिए । उनले बिराटचौकबाट सबै काम भईरहेका कारण त्याँहाको बारेमा केही नसोचिएको जवाफ दिएका छन ।

 

Purbeli TV

तपाईको प्रतिक्रिया