संखुवासभाको चिचिलामा गुरु साङग छ्योलिङ गुम्बा उद्घाटन

संखुवासभा / संखुवासभाको चिचिला गाउँपालिका ४ कब्दाने स्थित गुरु साङग छ्योलिङ गुम्बाको उद्घाटन गरिएको छ । सोमबार धर्म गुरु सेङटाक टुल्कु रिन्पोछेले गुम्बाको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा गुरु रिन्पोछेले आयु अभिषेक (छेवाङ) दिएका थिए ।

गुम्बा निर्माणका लागि चिचिला गाउँपालिकाबाट २२ लाख रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले बताए । त्यस्तै जनश्रमदान तथा सहयोग संकलनको ७५ लाख गरी करिब एक करोड लगानीमा निर्माण सम्पन्न भएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लाक्पा शेर्पाले बताए । यस्तै गुम्बा परिसरमा स्थानीय एल्पी शेर्पाले २२ लाख बराबरको नीजी लगानीमा छ्योर्तेन निर्माण गरी गुम्बा व्यवस्थापन समितिलाई जिम्मा लगाएको अध्यक्ष शेर्पाले बताए ।

गुम्बा निर्माणले चिचिला गाउँपालिकालाई पर्यटन विकास तथा संस्कृति संरक्षणमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष शेर्पाले बताए । कार्यक्रममा गुम्बा निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…