बिराटनगर इन्फोटेक: रोबोवारमा कसमस विजयी

बिराटनगर / इन्फोटेकको आकर्षणको रुपमा रहेको रोबोवार शुक्रवार आयोजना भएको छ । विभिन्न १५ बढि समुहहरुको सहभागिता रहेको कार्यक्रमको उदघाटन विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले गरे । उदघाटनमा रोबोट प्रतिस्प्रधा गर्दै क्यान मोरङ अध्यक्ष राजन यादवलाई पराजित गरेका थिए ।

उनले अब सूचना प्रविधिको युग भएकोले युवाहरुको आकर्षण बढिरहेको बताए । महानगरले सबैसँग हात्तेमालो गर्दै यस क्षेत्रमा काम गर्ने पराजुलीले बताए । रोबोवारमा कसमस र डिस्ट्रक्सन समुह फाइनलमा प्रवेश गरेका थिए । फाइनलमा १ का बिरुद्ध २ अंकले पराजित गर्दै कसमस समुहले फाइनल अपाधी हासिल गरेको छ । उक्त समुहले क्यास रकम सहित विभिन्न कम्पनीहरुले उपहारहरु प्रदान गरेका थिए । विजयी समुहलाई समापनमा सम्मान गरिने आयोजकले बताएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…