२३ वर्षकी नायिकाको ५० वर्षका नायकसँग रोमान्स (फोटोफिचर)


एजेन्सी। दक्षिण भारतीय फिल्म उद्योगमा चाँडै नयाँ नायिकाको प्रवेश हुँदैछ। २३ वर्षीया मालभिका शर्मा फिल्ममा डेब्यू गर्दैछिन् । मालभिका आफ्नो डेब्यू फिल्मलाई लिएर निकै चर्चामा छिन्। त्यसको कारण हो, आफूभन्दा दोब्बर उमेरका नायकसँगको रोमान्स ।

मालभिकाले ५० वर्षका साउथ सुपरस्टार रवि तेजासँग फिल्ममा अभिनय गरेकी छन्। उनी तेलुगू फिल्म ‘नेला टिकट’ मा रविसँग रोमान्स गर्दैछिन् । मालभिकाका शर्माको जन्म १८ जनवरी १९९५ मा मुम्बईमा भएको हो। उनले कानुनको पढाइ पूरा गरिसकेकी छन् ।

उनले मोडलिङमा आफ्नो करिएरको सुरुवात गरेकी थिइन्। उनी सामाजिक संजालमा पनि निकै सक्रिय रहन्छिन् र आफ्ना हट फोटो शेयर गरिरहन्छिन् ।


तपाईको प्रतिक्रिया

Loading…