एम्बुलेन्स खरिदका लागि जुट्दै धरान देवीगाउँका स्थानीयहरु

सुनसरी / धरान ५ देवीगाउँका स्थानीयहरु एम्बुलेन्स खरिदका लागि जुटेका छन् । विरामी पर्दा गाउँमा एउटा एम्बुलेन्स नभएको र सडक सञ्जालले धरानसंग जोड्न सेउती खोलामा पक्की पुल नभएकै कारण गाउसम्म एम्बुलेन्स पुग्न समेत धौ धौ भएपनि त्यहाका स्थानीयहरु एम्बुलेन्स खरिदमा जुटेका हुन् ।

धरान उपमहानगरपालिका उपमहानगरपालिका जस्तो सुविधा सम्पन्न उपमहानगरपालिकामा देवी गाउँलाई राखिए पनि गाउमा एउटा पनि स्वास्थ्य चौकी छैन । विरामी पर्दा उनीहरु धरान स्थित बीपी कोेइराला उपचारका लागि पु¥याउनुपर्ने बाध्यता छ । एकातिर स्वाथ्य चौकी नहुनु र अर्कोतर्फ एम्बुलेन्स समेत समयमा नपाउने हैरानी खपेका उनीहरुले अन्तत एम्बुलेन्स खरिद गर्ने निर्णयमा पुगेका हुन् ।

देवीगाउँका १ सय ५० घर दलित परिवार साथै कुलुङ बस्तीका स्थानीयहरु रकम संकलन गरेर एम्बुलेन्स खरिद गर्ने प्रक्रियामा अगाडि बढेका छन् । नेपाल विश्वकर्मा युवा मञ्चको अगुवाईमा उनीशरुले एम्बुलेन्स खरिद गर्नका लागि अभियान शुरु गरेका हुन् । शनिबार पत्रकार सम्मेलन गर्दै मञ्चका अध्यक्ष गोबिन्द विश्वकर्माले स्वास्थ्य केन्द्रहरुमा पार्किङ गरेर राखेका एम्बुलेन्स देवीगाउँ सम्म आईपुग्दा बिरामीको ज्यान नै जान सक्ने भएकाले गाउँमै राख्ने गरि एम्बुलेन्स खरिद गर्ने अभियानमा जुटेको बताउनुभयो । उहाका अनुसार गाउँमा एउटा पनि एम्बुलेन्स नहुदा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउदा समयमै पुग्न नसक्ने जसका कारण विरामीको मृत्यु समेत हुन सक्ने सम्भावना बढेर गएकोले एम्बुलेन्स खरिद अभियान अगाडि बढाइएको हो । मञ्चले करिब १२ लाख रुपैया बराबरको एम्बुलेन्स खरिद गर्ने जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…