यस्ता छन् विराटनगर सुविसु क्यान इन्फोटेक २०१९ का आकर्षणहरू (फाेटाेफिचर सहित)

विराटनगर / क्यान महासंघ मोरङ शाखाको मुख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा विहिवारदेखि सुविसु क्यान इन्फोटेक इन एसोसिएसन विथ म्याकक्याफे २०१९ क्यान इन्फोटेक सुरु भएको छ । पहिलो दिन इन्फोटेकमा उल्लेख्य संख्यामा अवलोकनकर्ताहरु आएको आयोजकले जानकारी दिएको छ । पहिलो दिन नै अवलोकनकर्तालाई कम्पनीहरुले प्रडक्ट तथा सेवाहरुमा छुट र अफरहरु प्रदान गरेका छन ।

सुविसुको भयंकर अफरले धेरैलाई आकर्षित गरेको छ । यसैगरी इन्टरनेटमा वल्र्डलिंक, भायनेट, कनेक्ट वल्र्ड लगायतका कम्पनीहरुले अफरहरु दिएका छन । स्मार्ट ग्याजेट्स र इन्टरनेट रमाउने हाम्रो जिवनशैलीलाई इन्फोटेकका प्रविधिहरुले धेरैलाई लोभ्याएको छ । ल्यापटप, प्रिन्टर लगायतका कम्प्युटर प्रडक्टहरुमा पनि कम्पनीहरुले विभिन्न छुट र अफरहरु दिएका छन । इन्फोटेकमा सेक्युरिटी क्यामेरा तथा डिभाइसहरुले कर्पोरेट क्लाइन्टहरुलाई च्वाइसको अवसर दिएको छ । इन्भेन्टरी, एकाउन्ट, एचआर लयायतका सफ्टवेयरहरुले पनि विराटनगरमा सम्भावनाको अवसरलाई जागृत गरेको छ ।

अवलोकनकर्ताहरु स्मार्ट ग्याजेट्स, एसेसरिज तथा डिभाइसहरुमा आकर्षित भएका छन । बिजसंसार, नयाँ नौलो लगायतका स्टलहरुमा युवाहरुको भिडभाड छ । यसैगरी म्याकक्याफे, क्यासपरस्काई, एनपी एभी सेक्युरिटी प्रडक्ट तथा एन्टिभाइरस प्रडक्टहरुले पनि अवलोकनकर्तालाई छुट दिएका छन । विग होटलले इन्फोटेकका पाहुनालाई ३० प्रतिशतको छुट दिएको छ ।
इन्फोटेकमा १५ भन्दा समुह पब्जी गेम कम्पिटिशनमा भाग लिएका छन । धेरै युवाहरुको आकर्षण रहेको गेम प्रतिस्प्रधा तथा रोबोवारमा सहभागी हुने क्रम बढिरहेको छ । यसैगरी इन्फोटेकमा पाइन ओभरसिज, सफ्टजेन, सिबी प्लस लगायतले मेलाकै अवसरमा प्रडक्ट सार्वजनिक गरेका छन । डेल्टाटेक, प्रमिस टु सेक्युरले नयाँ सफ्टवेयर तथा प्रविधिहरु मेलामा प्रदर्शन गरेका छन ।

प्रदेश १ सरकारका संिघय मामला तथा कानुन मन्त्री हिक्मत कार्कीले उदघाटन गरेपश्चात सुरु भएको कार्यक्रममा १ सय बढि स्टलहरुको सहभागिता रहेको छ । ७ वर्षको अन्तराल पश्चात विराटनगरमा भइरहेको इन्फोटेकमा अवलोकनकर्ताको आकर्षण बढेको छ । ५ दिनसम्म सञ्चालन हुने इन्फोटेकमा २ लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । रोबोकप, पब्जी गेम कम्पिटिशन लगाउतले युवा तथा विद्यार्थीलाई आकर्षण थपेको छ ।

प्रदेश सरकार प्रविधिमैत्री बनाइने

– हिक्मत कार्की, मन्त्री, संिघय मामिला तथा कानुन मन्त्रालय

प्रदेश एकका संिघय मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उदघाटन गर्दै कार्यक्रमले विराटनगर तथा समग्र प्रदेशमा नै प्रविधिको लहर ल्याएको बताए । अबको सरकार प्रविधिमैत्री हुनैपर्ने बताउदै उनले यसको लागि क्यान तथा विज्ञहरुसँग सहकार्य गर्न तयार रहेको बताए । यसैगरी प्रदेश सभासद केदार कार्कीले अब अफ गर्ने नभएर काममा प्रविधिको प्रयोग गर्नुपर्ने कुरामा जोड दिए । उनले भ्रष्टचार नियन्त्रण गर्न अबको सरकारले प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै विराटनगर उपमहानगरपालिकाका मेयर भिम पराजुलीले स्थानिय निकाय विस्तारै प्रविधिको प्रयोग गरेर डिजिटल गर्भनेन्स तर्फ अघि बढिरहेको जानकारी दिए । उनले क्यान लगायत स्थानिय प्रविधि जानकारहरुसँग सहकार्य गरेर नगरपालिका अघि बढ्न चाहेको बताउदै इन्फोटेकको सफलताको कामना गरे । क्यान महासंघ मोरङका अध्यक्ष राजन यादवले अबको समय सुचना प्रविधिको भएकोले सरकार र नीजि क्षेत्र पनि यसको प्रयोग र प्रवद्धनमा लाग्नुपर्ने बताए । क्यान मोरङले धेरै मेहनतसँगै इन्फोटेकको आयोजना गरिरहेको हुदा सफल बनाउन उनले आग्रह गरे ।

उदघाटन कार्यक्रममा बोल्दै क्यान महासंघका केन्दि«य कोषाध्यक्ष खुसल रेग्मीले सरकारले प्रविधिलाई प्राथमिकतामा राखेर काम गर्नसके मात्र इ नेपाल बनाउन सकिने बताए । कार्यक्रममा स्थानिय नेता, बुद्धिजिवी लगायत स्पोन्सर तथा एक्जिविटर्सहरुको उपस्थिती रहेको थियो ।

स्मार्ट सिटीमा आइसिटी कन्फ्रेन्स

विराटनगरमा जारी क्यान इन्फोटेकको तेस्रो दिन आइसिटी कन्फ्रेन्सको आयोजना हुने भएको छ । स्मार्ट सिटी विषयमा केन्दि«त आइसिटी कन्फ्रेन्समा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कन्फ्रेन्समा कि नोट स्पिकरको रुपमा काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक डाक्टर मनिष पोखरेल रहनुभएको छ । यसैगरी एक्सेसिवल गुड गर्भनेन्समा तुषार न्यौपाने, फिनटेकमा इसेवाका रुपेश न्यौपानेले कार्यपत्र पस्तुत गर्नुहुने छ । यसैगरी आइओटी तथा पछिल्ला प्रविधिहरुको बारेमा मडिन्द« अर्यालले प्रस्तुती दिनुहुनेछ । विभिन्न नगरपालिकाका मेया्र, उपमेयरको समेत सहभागिता रहने कार्यक्रम जैन भवनस्थित दोश्रो तल्लामा रहेको हलमा आयोजना हुनेछ । १० बजेदेखि सुरु हुने कन्फ्रेन्स ३ बजेसम्म सञ्चालन हुनेछ । कन्फ्रेन्समा निशुल्क सहभागिता जनाउन सकिनेछ ।

इन्फोटेकमा रोबोवार

इन्फोटेकको आकर्षणको रुपमा रहेको रोबोवार शुक्रवार आयोजना भएको छ । विभिन्न १५ बढि समुहहरुको सहभागिता रहेको कार्यक्रमको उदघाटन विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले गरे । उदघाटनमा रोबोट प्रतिस्प्रधा गर्दै क्यान मोरङ अध्यक्ष राजन यादवलाई पराजित गरेका थिए । उनले अब सूचना प्रविधिको युग भएकोले युवाहरुको आकर्षण बढिरहेको बताए । महानगरले सबैसँग हात्तेमालो गर्दै यस क्षेत्रमा काम गर्ने पराजुलीले बताए ।

तपाईको प्रतिक्रिया