दुरदर्शी सोचकासाथ आएको अझ क्रान्ति बाकीँ छ लाई नियाल्दा

डमरुवल्लभ भण्डारी एक शसक्त साहित्यकार हुन् । उनी साहित्यका हरेक विधालाई राम्ररी केलाउन सक्छन् । केलाउन मात्र नभएर विशुद्ध अग्र्यानिक भाषामा लिपिवद्ध गर्न सक्छन् । कविता, कथा, महाकाव्य, निवन्ध, गीत सवै क्षेत्रमा समान चासो राख्ने खुवी उनमा छ । २०६२/०६३ को १९ दिने लामो जनआन्दोनबाट राजतन्त्र अन्त्य भयो । सबैले शान्तिको स्वास फेरे । नेपालको उन्नती प्रगतिको बाधक राजतन्त्रलाई ठानेका कारण राजतन्त्र मासियो । गाँउगाँउमा सिंहदरबार, गरिब जनताका छोराले शासन सत्ताको बागडोर सम्हाल्ने लगायतका अनेकौ कुराहरु बाहिर आए । गणतन्त्रले सबै क्षेत्र, वर्ग,तह–तप्काका व्यक्ति समेटिने कुरा यत्रतत्र सर्वत्र थियो । तर, लामो समयदेखि बामपन्थी राजनितिमा होमिएका डमरुवल्भव भण्डारी भने अझ क्रान्ति बाकीँ छ भन्दै कविता लेख्न व्यस्त थिए । त्यो बेला उनलाई सवैले विभिन्न किसिमका बात लगाए तापनि उनको व्रम्हज्ञानले देखेको क्रान्ति जरुरी रहेछ भन्ने कुरा उनको पुस्तकबाट प्रस्ट हुन्छ । आज उनै भण्डारीको पुस्तक ‘अझ क्रान्ति बाकीँ छ’ लाई समिक्षकीय नजरले नियाल्ने प्रयास गरेको छु ।

विभिन्न शिर्षक राखेर ४६ वटा लामा छोटा रचनाहरु प्ुस्तकमा एकाकर गरिएका छन् । पहिलो सर्ग जनआन्दोलन ०६२/०६३ नाम दिएर राखिएको छ । कविले नेपाल पछि पर्नुको कारण सामन्ती राजसंस्था नै रहेको ठोकुवा गरेका छन् । एकताको डोरी मजबुत भएका कारण तात्कालिन माओवादी र सात दलको सामिप्यताले आन्दोलन सफल भएको हो । नेपाली–नेपाली आपसमा लड्नु भन्दा समस्याको समाधान मिलेर नै गरेको खण्डमा महत्वपूर्ण लक्ष्यमा पुग्न सकिने जनआन्दोलन ०६२/०६३ ले देखाएको कुरा सर्गमा लयवद्ध तरिकाले उठाइएको छ । जनआन्दोलन देखेका र भोगेका व्यक्तिका लागि तत्काल यो रचना त्यती चोटिलो नभएतापनि कालान्तरमा आउने पुस्ताको लागि निकै महत्वपूर्ण रहने छ ।

‘कति भाइ मर्नै पर्ने, हजारौंको लक्ष्य र्थियो
रातको बाह्र बज्नै नपाईं, लौ घोषणा नै गरिदियो
दुईसय सईतिस वर्षे निरङ्कुस सत्ता झर्यो
राजतन्त्रको सेतो हात्ति आजबाट बल्ल लड्यो’

१९ दिन चलेको जनआन्दोलनमा सबैको साथ रह्यो । कविले सत्ता ढाल्न देशका विभिन्न ठाउँमा कहिले कुकुर, कहिले गधा, त कहिले साँढे गोरुलाई समेत सत्ताधारीको प्रतिकात्मक स्वरुप बनाएर आन्दोलनमा होमिएका कुरा उठाएका छन् । वास्तवमा विवेकशिल भनाउँदा व्यक्तिले निरिह प्राणीलाई जुलुसका उतार्नु साँच्चै यथोचित ठहर्ला त ? समान अधिकारको कुरा उठाउने अधिकारवादीका नजरमा पशु अधिकारको कुराले प्रश्न राख्ने ठाउँ पाउँदैन र ? मानवअधिकार प्राप्तिका लागि हुने रक्तपातपूर्ण सहभागितामा यिनको उपस्थितिले के अर्थ दिन्छ ? खेताला, गोठाला र जालहारी समेतको सहभागितामा आएको लोकतन्त्रलाई वेकम्बा हुन् नदिन सबैले प्रण गर्नुपर्नेमा कविको जोड छ ।

‘लेख इतिहास आफैँ’ शीर्षको सर्गमा ज्ञानेन्द्र शाहको परिवारलाई प्रश्नै प्रश्न गरेका छन् । किन आज एघारौँ पुस्तादेखि खाइपाई आएको राजसत्ता चटक्कै छुट्यो ? तिम्रा पुर्खाले जनतालाई अधिकार दिन राज्य सत्तै छोडेर भागेको कुरा विस्र्यौ ? समय अन्ुसार पूर्वराजा ज्ञानेन्द्रले सल्लाहकार फेर्न नसक्दा राजतन्त्र एकादेशको कथा भयो भन्दै समयनुसार चल्न सबैलाई कवि अनुरोध गर्छन् ।

‘शत्र् पन्छाउ’ शिर्षकको सर्गमा लोकतन्त्र र प्रजातन्त्रको शत्रु को हो त ? पहिलो कुरा त्यसको निराकरण गर्नुपर्नेमा उनले जोड दिएका छन् । सीमित स्र्वाथका लागि आत्मिय बनेर आन्द्राभुँडी दुहुने पिपलपातेलाई पहिल्यै वाइवाई गर्नुपर्छ । त्यतिमात्र नभएर सामलमा भएको वियाँलाई भाँडोमा हाल्नुभन्दा पहिल्यै केलाएर फाल्नु पर्छ । नत्र त्यसले स्वादिलो भोजनला्ई ‘ब्रेक’ लगाउँछ । अर्को कुरा विरुवा मर्नेतर्फ सचेत हुन कवि लोकतन्त्रवादीलाई सचेत गराउँछन् । आत्मा र मनदेखि नै अगाडि बढ्ने वाचा गर्दछ भने सम्मानजनक हैसियतमा राख्न पछि हट्न नहुने कविले महाकाव्यमा प्रष्ट्याएका छन् । राजतन्त्रको सक्रिय समर्थनमा लागेका व्यक्तिलाई स्थायी शत्रु मान्न नहुने काव्यकारको दृष्टिकोण छ ।

प्रकृतिले हराभरा भएको हाम्रो देशमा के को सराप परेको हो त ? हिमाल, पहाड, तराईले टम्म मिलेको देशमा राजनैतिक नेतृत्वको किन खडेरी परेको ? आफैंमात्र पेट भर भन्ने संस्कार कुर्सीमा बस्नेले किन त्याग्न नसकेको ? पर्यटनको प्रचुर संभावना बोकेको देशमा सडक निर्माण गरी विदेशीलाई बोलाएर फकाई फुल्याई डलर कमाउन के ले रोकेको ? नेपाली जनतालाई समृद्ध बनाउँदा राजा, राणा, कांग्रेस, बहुदलबादीको पिंडालुबारी फाँडिएर सखाप भएको त छैन । कृतिकारले भनेका छन् :

नेपालमा खनिज बस्तुभन्दा पनि के कम छन्
प्रकृतिको रमणीय दृष्य नेपालको ठूलो धन ।
फेवाताल र फोक्सुण्डो रारा क्षेत्र महान् छन्
पशुपति र सगरमाथा जस्ता ठाँउ महान् छन् ।
कोशीका सात मुहानले हिमशिखर भेट्टाउँछ
डाँफे मुनाल यसभित्र हेर कसरी रमाउँछ ।
हिमाली दोचाले पिउँछ टुक्रुक्क बसी प्यास नै
पहाडी भरिया मेट्दछन् जरुवा पानीको हेर प्यास नै ।।

यस्ता रचना नेपाल मूलुककै तराई क्षेत्रमा मात्र बसोबास गर्ने व्यक्तिले पढ्यो भने काव्यकारले बखान गरेको प्रकृतिको सुन्दरताको अवलोकन गर्न अवश्य दौडन्छ ।
नेपालका जातजातिको राष्ट्रिय पर्वलाई बडो स्वादिलो गरी व्याख्या गरिएको छ । नेपालीको सबैभन्दा ठूलो पर्व वडा दशैं र यसको रौनकताको बारेमा सविस्तार बयान गरिएको छ । सोह्रश्राद्धमा आफ्ना पितृलाई सम्झने विषयमा, वडादशैं, तिहार, धन्वन्तरी दिवसलगायत सबैजातीको विषयलाई समेटिएको छ ।

झाँगडको प्रकृति पूजा ,ल्होसार लगायतका पर्वका बारेमा महाकाव्यमा उठान गर्नुले नेपालका पर्वका विषयमा जानकारी राख्ने सम्पूर्णका लागि भण्डारीको कृति कोशेढुंगा सावित हुन्छ । भण्डारीले लेखेका छन् ः

कोहि धर्मा, कर्मा धर्मा भन्दछन् ,कोहि जुड शितल
कोहि सिरुवा पर्व भन्छन्, कोहि गाँउछन् रुदल
व्राह्मणले रक्षा बन्धन, क्षेत्रीले दशैं रोजने
वैश्यको भागमा तिहार, शुद्रले होली खेलने

चाडपर्व र रितिथितीको संरक्षणको जिम्मा मोफसलले लिएको छ । यहाँ प्रसस्तै राम्रा र गुणस्तरिय सर्जक छन् । यिनका लागि प्रचार प्रसार गरिदिने माध्यम शून्य सरह छन् । राम्रा रचना गरिन्छन्, वलवुताले रचना संग्रहित गरेर पुस्तकमा एकाकार गरिन्छन् । कसैले तिनलाई पढिदिदैनन् । स्थानीय स्तरका संचार क्षेत्र स्थानीय मै सीमित छन् । आलोचना र हौसला बिनै तालको पानी झैँ शान्त बसिदिन्छ समाज । अनि कसरी सर्जक लहरिने ? भण्डारीको पुस्तक हेर्दा सामान्य नै लाग्छ । तर, गहिरिएर अध्ययन गर्दा राजतन्त्रको इतिहास पुरै समेटिएको छ ।

इतिहासका कालखण्डलाई सरल तरिकाले एकाकार गर्नमा उनको ठूलो योगदान मान्नु पर्छ । दरबारमा बडामहारानीहरुले खेलेका फुच्चे खेलदेखि विपी कोइराला , मनमोहन अधिकारी लगायतले प्रवासमा प्रजातन्त्र ल्याउन चालेका कदमको बेलिबिस्तार गरिएको छ । नेपाल देश प्रकृतिले दिएको सुन्दर उपहार हो । यहाँका मनोरम दृश्य जति हेरेपनि धित नमर्ने किसिमका छन् । तर, विकासको गतिका कारण पछि परेको हाम्रो देश नेपालमा अझ ठूलो क्रान्ति बाँकी रहेको कुरा सर्जक भण्डारीले पहिल्याई सकेका छन् । विकासको वाधक को ? वाधा अड्काउ फुकाउ के ले रोकिएको छ ? लगायतका यावत प्रश्न कविले तेस्र्याएका छन् ।

नेपालमा जन–आन्दोलन ०६२÷०६३ सकिए लगत्तै क्रान्ति बाँकी देख्ने भण्डारी वास्तवमै दूरदर्शी साहित्यकार हुन् । किनभने उनले कल्पना गरेर लेखेको लेखेको महाकाव्यको भाव अनुसार देश त्यसरी नै गुज्रियो । करिब १५ वर्षको अन्तरालमा लोकतान्त्रिक गणतान्त्रीक खोलामा धमिलो पानी बग्दै सङिलदै गरिरहेको छ । कहिले के को नाममा,कहिले कसको नाममा । तर, गणतान्त्रिक खोलाले धमिलो पानीलाई सङ्ल्याएर राम्रै लक्षण देखाएको छ । राजनैतिक क्रान्ति समाप्त भएको र आर्थिक क्रान्तिको युग सुरु भएको ढ्वाङ फुकिएतापनि संघीयता व्यवस्थापन र गरिवी निराकरणको राजमार्ग पहिल्याउन नसकेर बहुमत प्राप्त दल बाटो हराएको यात्री झै अलमल्ल परिरहेको छ । भ्रष्टाचारमा लिप्त सरकारी तथा अन्य जन–प्रतिनिधिमूलक अंगहरु कामै नलाग्ने गरी बेकम्बा हुन थालेका छन् । जता पनि जसरी पनि खाने । केही नपाए अन्त्यमा ढाड कन्याई मागेर सन्तोष मान्ने परिपाटी छ वर्तमान नेपालको वास्तविकता । यावत समस्या चिर्न ठूलो क्रान्तिको आवश्यकता अझै पनि छ । १५ वर्ष अघि नै यावत कुरा देख्ने भण्डारी वास्तवमै दूरदर्शी व्यक्ति हुन भन्दा अत्युक्ति हुँदैन । नेपाली समाजले उनका दूरदर्शी कविताको पन्तुरो ‘अझ क्रान्ति बाँकी छ ’ नपढे एउटा दूरदर्शी अवसरबाट बञ्चित हुनुपर्ने छ ।

४६ वटा विभिन्न शिर्षकमा ज्ञानले भरिएका महाकाव्य पाठकसामू ल्याउनु ठूलो चुनौती हो । श्रम र पूँजी दुवैको पर्वाह नगरी लेखन कार्यमा निरन्तर सक्रिय भण्डारी इनरुवा नगरक्षेत्रका पुराना पुस्ताका उदयीमान चम्किला तारा हुन् । दियोको निर्धो बत्ती झैं उनका रचना निरन्तर चम्किरहने छन् ।

तपाईको प्रतिक्रिया

Loading…