विराटनगरमा क्यान इन्फोटेकको तयारी तिव्र

विराटनगर / आगामी पुस १९ देखि हुन लागेको सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ को तयारी तिव्र पारिएको छ । विराटगरस्थित जैनभवनमा हुने इन्फोटेकको प्रचारप्रसार कार्यक्रमलाई ब्यापक बनाइएको छ भने स्पोन्सर र स्टल बुकिङ लगभग अन्तिम चरणमा रहेको छ । अब स्टल निर्माणको कार्यलाई तिव्रताका साथ लैजाने जानकारी क्यान महासंघ मोरङका सचिव सुमितकुमार साहले दिए । इन्फोटेकमा दर्जनभन्दा बढी आकर्षणका विषयहरु समावेश गरिएका छन् ।

इन्फोटेक अवलोकनकर्ताले लक्की ड्रमा दुबई भ्रमणको ट्रिप समेत जित्न सक्नेछन् । क्यान इन्फोटेकलाई प्रडक्ट बेच्ने थलोको रूपमा नभई विभिन्न नयाँ प्रविधिको प्रदर्शनीको अलावा रोबोकप, ह्याकथन, पब्जी गेम, भिडियो च्यालेन्ज जस्ता कम्पिटिशन समावेश गरी नयाँ तरिकाले आयोजना गर्न लागिएको आयोजकले बताएको छ । १ सय २० स्टल रहने इन्फोटेकमा ल्यापटप, कम्प्युटर, प्रिन्टर लयायत सेक्युरिटी प्रडक्टहरु प्रदर्शनी हुनेछ । यसगरी इन्टरनेट कम्पनीहरु, सफ्टवेयर तथा शैक्षिक संस्थाहरु पनि इन्फोटेकमा सहभागी हुनेछन् । अहिलेसम्म ५० प्रतिशत स्टल तथा स्पोन्सरहरु कन्फर्म भइसकेको स्टल व्यवस्थापक शौरभ गोल्छाले जानकारी दिनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया