फेसबुकमा कविता र गजल हाल्दैमा साहित्यकार बनिदैन : पागल

साहित्यकार तथा प्राज्ञ उपेन्द्र पागल बस्नेतको जन्म १९९९ सालमा सुनसरी जिल्लाको मधेसामा भएको हो । कलमवीर बहुआयमिक बस्नेतले कलमलाई कविता, कथा,लेख,निबन्ध र समालोचनमा सफलता पूर्वक नचाउँदै कुचीलाइ्र्र मूर्त र अमूर्त धेरै चित्रकलाहरुमा प्रस्तुत गर्नु भएको छ । चित्रकलाका तर्फ सयौंका रचना पत्रिकाहरुमा आवरणमा सुन्दर चित्रहरु सज्जिएका छन् । उहाँको अहिले सम्म दश ओटा साहित्यिक कृतिहरु प्रकाशित छन् भने पाँच ओटा जति प्रकाशोन्मुख छन् ।

धेरै पुस्तक पत्रपत्रिकाहरुको सम्पादन,शिक्षणपेशा तथा सरकारी जागिरमा समेत समय बिताउँनु भएको वस्नेत अरुको प्रेरणाको स्रोत तथा आफु लुकेर अरुलाई उठाउँन चाहने सरल स्वभाव अनि मिलनसारका नमूना पनि हुनुहुन्छ । बस्नेतले घरको कोठा–चोटाका भित्ता खाली नहुने गरि सबैतिर समान पत्रले ढाकिने गरि मोफसलमा रहेर जनस्तरका ५ दर्जन भन्दा बढी सङ्घ संस्थाबाट पुरस्कार,सम्मान तथा कदर पत्रहरु प्राप्त गर्नु भएको छ । सुकुना बहुमुखी क्याम्पसको पूर्व उपप्राध्यापक समेत रहनु भएको वस्नेतद्धारा रचना भएका केही गीतहरु रेकड समेत भएका छन् । उहाँको योगदानको उच्च मुल्याङ्न गदै इनरुवा नपाले भव्य नागरिक अभिनन्दन समेत गरेको छ । विभिन्न एक दर्जन भन्दा बढी साहित्यिक सङ्घ संस्थाहरुमा संंलग्न उँहांले पिण्डेश्वर महाविद्यालयबाट शास्त्री तथा नेपाली बिषयमा स्नातकोत्तर गर्नु भएको छ । सरल,बहुमुखी प्रतिभाका धनि ज्येष्ठ स्रष्टा बस्नेतसँग गरिएको भिडियो कुराकानी ।

तपाईको प्रतिक्रिया