भैंसीमा डेगनाला रोगको प्रकोप र राेकथामका उपायहरू

मंसीरको महिना यसै पनि दक्षिण एशियाका मुलुकमा धान भित्राउने, पराल थन्क्याउने, अनि त्यहि पराल गाई भैंसीलाई हिउँदमा खुवाएर पाल्ने मानिन्छ । यसै पनि धान खेती, नजिकै कुनै नदिनाला जसबाट कुलो बनाई सिँचाई गरिन्छ । धानका बोटलाई ब्याड देखि भित्राउने बेलासम्म पनि पानीको आवश्यकता पर्दछ । धान दाँइ गरी आउने पराल राम्रोसँग सुकाएर खुवाउँदा त समस्या हुन्न । तर पराल थन्काउन अघि भिज्यो र सुकाउन पाइएन भने कुहिने डर हुन्छ ।

यस्ता कुहिएका पराल खुवाउँदा हिउँदमा भैंसीको स्वास्थ्यमा प्रतिकुल असर पार्छ । यसरी राम्रो सित नसुकाई भिजेको पराल संचय गर्दा कुहिन पुग्यो, यस्ता पराल खाएका भैंसी प्रजातीमा पुच्छर सुक्ने, खुट्टा सुन्निने, खुर माथिको खुट्टाको भागका छाला सुकेर झर्ने, कानको टुप्पा सुक्ने साथै दुध दिने भैंसीको दुध ७०–८०% सम्म कमी आएको तथ्य वीगत वर्ष नेपालका झापा, सप्तरी, सिराहा, रौतहट, चितवन, बाँके, अनी लमजुङ नुवाकोट जील्लामा देखिएको छ । त्यस क्षेत्रमा कार्यरत पशु चिकित्साकर्मी, पशु स्वास्थ्य प्राविधिकले यो अवस्था लाई कतै खोरेत कतै चरचरे कतै लुतो ठानी उपचार गरेको तथ्य त भेटिन्छ तर विरामी निको हुने नाई ।

दक्षिण एशियाको अन्य मुलुकमा के छ ?

माथी उल्लेख गरिएका लक्षण, भौगोलीक अवस्थीती तथा पशु पालनका तरीका को विवेचना गर्ने हो भने एउटा रोचक तथ्य भेटिन्छ, जस्को यहाँ चर्चा गर्नु उचित होला । इ.सं. १९३० ताका हालको पाकिस्तानको पंजाव प्रान्तमा डेग नामक खोला छेउछाउमा लगाएको धानबाट उपलब्ध पराल हिउँदमा त्यस क्षेत्रका भैंसीलाई खुवाएर पाल्दा माथीका जस्ता लक्षण देखाई भैंसीहरु विरामी पर्न थालेछन् । त्यस वेला त्यहाँ कार्यरत ब्रिटिस पशु स्वास्थ्य प्राविधिक सरलौले रोगका सवै लक्षण सहित रोगका सवै लक्षण सहित रोगको नाम डेगनाला भनी नामाकरण गरेको तथ्य भेटिन्छ । कारण एकिन त उनले पनि गर्न सकेनन् ।

तत्पश्चात इ.सं. १९६०–७० तीर फेरी पाकिस्तान तथा भारतको पंजाब क्षेत्रका पशु चिकित्साकर्मीहरुले पुनः यस रोगबारे चर्चा गरेको अभिलेख पाइन्छ । इ.सं. १९७३ तिर भारतको पंजाब प्रान्त लुधियाना क्षेत्रबाट रोग देखिएको क्षेत्रबाट भैंसीलाई हिउँदमा खुवाउने पराल ब्रिटेनको क्यू सर्रेमा रहेको प्रयोगशालामा परिक्षण गर्दा पराल फ्युजारियम प्रजातिको ढुशीबाट प्रदुषित भएको ठहर हुन गएको पुष्टी भएको छ । यसरी ढुशी प्रदुषित दाना, पराल खाँदा सो दाना परालसँग ढुशी पनि शरीरमा चय–अपचय हुँदा ढुशीबाट उत्पन्न विषक्तीको असरका रुपमा भैंसीहरुमा उपरोक्त अनुशारका लक्षण देखिने गरेको अनुसन्धानकर्ताहरुको ठहर रहेको छ । आजको स्थिती सम्म आइपुग्दा माथी उल्लेखित रोग डेगनाला पाकिस्तानको डेग खोला क्षेत्रमा मात्र नभई धान खेती गरिने क्षेत्रमा पालीने भैंसीमा देखिन्छ नै । भारतमा पनि भारतका उत्तरी राज्य, पंजाब, हरियाणा, उत्तर प्रदेश, उत्तराञ्चल, विहार, बंगाल, झारखण्ड, छत्तीसगढ जस्ता प्रदेशमा प्रत्येक वर्ष नियमीत रुपमा देखिने गरेको छ ।

डा. केदार कार्की

हाम्रो आफ्नो नेपालकै संदर्भमा भने माथी उल्लेखित लक्षणका रोग सर्व प्रथम २०४४ तीर बाँके जिल्लामा पहिलो पटक यस स्तम्भकारले त्यहाँ कार्यरत हुँदा गरेको अभिलेख छ । हाम्रो आफ्नो संदर्भमा अन्य वर्षमा फाट्टफुट्ट देखिने यो समस्या २०५६ सालमा भने माहामारीकै रुपमा नेपालको झापा, मोरङ्ग, सुनसरी, सिराहा, सप्तरी, बाँके, बर्दियामा देखा परेको तथ्य भेटिन्छ ।

यसै रोग गराउन तम्सीने ढुशी फ्युजारियमको आनीबानी सम्बन्धमा यस स्तम्भकारले पशु चिकित्सक विज्ञानको स्नात्तकोत्तर अध्ययन गर्ने क्रममा गरेको अनुसन्धानले किन पुच्छर सुक्छ, खुट्टाको छाला किन सुक्छ, हिउँदमा भैंसी खाँदा खाँदै किन दुब्लाउछन्, किन सद्धे भैंसीको दुध उत्पादन घटेर जान्छ बारे निम्न तथ्य निकालेको छ । यस ढुशीको चय अपचयबाट निस्कने बिषका विषाक्तीका कारण छाला, मासु तथा रगतका नशामा पाइने, कोलाजन रेशालाई कोलाजिनेज इन्जाइममा परिवर्तन गर्छ भने इलासटिन रेशालाई इलास्टिनेजमा परिवर्तन गर्छ । जसका कारण शरीरका तल्ला भाग पुच्छर, खुट्टामा रक्त संचार अवरोध हुँदा छालामा पानी, हावा तथा पोषण तत्व अभाव हुन जान्छ अनी तन्तु मरेर जान्छन् । यी बाहेक ढुशी जन्य विषाक्तीले कलेजो, फोक्सो, मुटु, मृगौलामा समेत क्षति पु¥याउछ जस्का कारण एक त ढुशी प्रदुषित पराल जुन राम्ररी पच्न पाउँदैन साथै पचि हाले पनि शरीरका विभिन्न भागमा सहज आपुर्ती हुन सक्तैन । त्यसकारण भैंसीका वथानमा माथी उल्लेखित लक्षण देखिने गर्दछ ।

अब यसको रोकथाम नियन्त्रण तथा उपचारको व्यवस्थापन गर्नेपो कसरी ?

यो स्तम्भकार बीगत वर्ष बाँके, सिराहा, सप्तरी, रौतहट, लमजुङ नुवाकोट पुगी फर्केको अवस्था छ । त्यस क्षेत्रमा कार्यरत पशु चिकित्साकर्मीले एण्टीवायोटिक उपलब्ध खोप, जुका जन्य औषधि अत्याधिक मात्रामा प्रयोग गरेको तर निष्प्रभावी एकातीर कृषकको आर्थिक क्षति एवं मनोबैज्ञानिक त्रास अर्को तीर पशु चिकित्साकर्मीको प्रतिष्ठामा नै आचको स्थिती छ ।

अब के गर्न सकिन्छ ?

—सकेसम्म कुहिएको पराल नखुवाउने कि
—पराललाई राम्रोसँग सुकाउने, टकटक्याउने, हाल खुवाउने भन्दा आधा मात्र खान दिने, आधा हरियो घाँस, डाले घाँस खुवाउने कि
— पराललाई केही सोडियम हाइड्रो अक्साइड १ ग्राम, १०० एम.एल. पानीमा झोल बनाई प्रति २० के.जी.का दरले पराल उपचार गर्ने हो की ।
— पाइन्छ भने पेन्टा सल्फेट पहिलो दिन ६० ग्राम त्यस पछि ३० ग्रामका दरले अर्को १५ दिन खुवाउने वा
— एन्टीडेगनाला झोल १० एम.एल.का दरले ७ देखि १० दिन दिनेकी वा
— ल्याक्टोलाइन जस्ता औषधि पो खुवाउने साथै पोषण युक्त खनीज मिश्रण कुहिएको पराल खुवाउने विकल्प नभएसम्म भैंसीको आहारमा आपुर्ति गर्नु त झनै वेश ।

आउदो वर्ष के गर्ने ?

— प्राविधिक तथा कृषकलाई सचेतनामूलक तालिम त दिनै प¥यो ।
— यस्ता खाले रोगलाई प्राथमिकता दिनै पर्ने हुन्छ ।
— किन त्यो भैंसीको पुच्छर कहिले सुक्ला भनेर कुर्ने, हिउँदमा पराल मात्र खुवाउने बेला माथी भनेका औषधी फेरी खुवाउने, त्यो विषले असर गर्नु भन्दा पहिले भैंसी चनाखो भई हाल्छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया