इटहरीको एक उद्योगमा भिषण आगलागी ,४ घण्टादेखि आगलागी नियन्त्रण बाहिर ( १० तस्विर तथा भिडियाे)

इटहरी / इटहरी उपमहानगरपालिका १० मा रहेको लक्ष्मी फम एण्ड लुम म्याट उद्योगमा बिहान साढे ६ बजेदेखी आगलागी सुरु भएको हो । उद्योगको मुख्य गोदामबाट आगो लागेको हो । इनरुवा, धरान, इटहरी, दुहबी, मोरङको सुन्दरहरैचा र बिराटनगर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भईरहेको छ ।

नेपाली सेना, शशस्त्र प्रहरी , दंगा प्रहरी जनपथ प्रहरी र स्थानीयवासीले प्रयासमा आगलागि नियन्त्रणमा जुटेका छन । आगलागीको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले जानकारी दिएका छन । आगलगागीबाट ठुलो क्षति भएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुहाेस्

इटहरी खनार स्थित लक्ष्मि फर्ममा अागलागी: नियन्त्रण प्रयास जारी (तस्विरहरू सहित)

Purbeli TV

तपाईको प्रतिक्रिया