इटहरी खनार स्थित लक्ष्मि फर्ममा अागलागी: नियन्त्रण प्रयास जारी (तस्विरहरू सहित)

इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका १० इटहरी स्थित लक्ष्मि फर्म एण्ड लुपइ प्रालीमा मंगलबार बिहान आग्लागी भएको छ । बिहान करिब ७:३० बजे सुरु आगो अहिले सेना प्रहरी र स्थानीयहरूकाे सहयाेगमा नियन्त्रण प्रयास जारी रहेकाे छ । इटहरी,दुहबी, इनरुवा र सुन्दरहरैचाबाट आएको बारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेकाे छ ।

बिधुत सर्ट भई आगलागी भएको अनुमान गरिए पनि ठोस कारण भने पत्ता लाग्न सकेको छैन । भानु टेब्रीवालले संचालन गरेको उक्त फर्म फ्याक्ट्रीमा बिहान ४ बजे सम्म ६ जना मजदुर काम गरिरहेको भए पनि आगलागीको समयमा भने कोहि नरहेको एक मजदुरले बताए । आगलागी बाट मानबिय क्षति नभएपनि के कति नोक्सानी भयो भन्ने बारे विवरण आउन बाकी रहेकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया