पथरीशनिश्चरे नगरपालिका परिसर यसरी बन्यो पार्किङ स्थल (भिडियाे सहित)

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले निश्चित पार्किङको ब्यावस्थापन गर्न नसक्दा यतिबेला नगरपालिका परिसर पार्किङ स्थल बन्दै गएको छ । नगरपालिकाको भवनमा रहेको सानो खुल्ला एरियामा लामो समय सम्म ४ चक्के सवारी पार्किङ गरिँदा लामो दुरीबाट आएका सर्वसाधारणले १० मिनेट पनि साइकल र मोटरसाईकल पाकिङ गर्न समस्या रहेको छ । केही सवारीहरु त हप्तौसम्म त्यहि रहने गरेका छन । नगरमा रहेको नगरका ३ ओटा गाडी राख्न बनाएको स्थानमा समेत प्राईभेट गाडी राखेकाले नगरको गाडी बाहिरै राख्न बाध्य भएको देखिन्छ ।

बा. १२ च ५१११ नम्बरको गाडी धेरै समय अगाडीदेखि नगरमा पार्कीङ भैरहेको छ भने बा. १५ च ९२७१ र को. २ च. ९१ नं. को गाडीको पनि पार्कीङ स्थान नगरपालिका नै रहेको छ । नगरको गाडी राख्ने स्थानमा यसरी प्राईभेट गाडी पार्कीङ हुने र नगरका गाडी सर्वसाधारणको साईकल र मोटरसाइकल पार्कीङ गर्ने एरियामा रहने गरेकाले सर्वसाधारण समस्यामा परेका हुन ।

को. २ च. ९१ नं. को गाडी १ नं. का वडाध्यक्ष बाबुराम एङदेनको हो वडा नं. १ को कार्यलय आफ्नै घरमा भएपनि सवारी पार्कीङ चै नगरपालिका भित्र रहेको छ । त्यस्तै बा. १५ च ९२७१ नं. को गाडी स्वास्थ चौकी पथरीका प्रमुख मुरारी आचार्यको निजी हो उक्त गाडी समेत सधै नगरपालिकामै पार्किङ हुने गरेको छ । नगरपालिका संगै रहेको क्वाटरमा बस्ने आचार्यको घर बिराटनगरमा रहेको छ भने नगरपालिकाले स्वास्थ संयोजकलाई समेत मोटरसाईकल खरिद गरेको छ ।

स्थानिय निकायले कामकारवाही शुरु गरेको २ बर्ष बित्दा पनि नगरले रिवन काट्ने, सभा समारोहमा सामेल हुने, कर लगाउने र बिवादमा आउने शिवाय केही गर्न सकेको छैन । सो अवस्था देखे पछि कहिले देखी नगरपालिका पार्किङ भयो भनेर नगर प्रमुख दिलिप कुमार राईलाई सोध्दा त्यस्तो आफुलाई थाहा नभएको र त्यहाँ रहेको गाडी वडा नम्बर १ का वडाध्यक्ष एङदेन र स्वास्थ्य संयोजक आचार्यको रहेको बताए । सो गाडी पार्कीङ गर्न मिल्छ भनेर प्रश्न गर्दा नपाउने भन्दै आफुले के रहेछ बुझ्ने नगर प्रमुख राईले बताए । नगरपालिका भित्रको नगर आसपासका पसलेहरुले नबुझेर हो या नटेरेर पार्किङ गरेको देखियो हामीले आजै देखि हटाउन लगाएएका छौँ कार्यकारी प्रमुख सुर्यप्रसाद गौतमले बताए । उनले काम भन्दा बाहेकको समयमा कसैले पनि नगरपालिकाको एरियामा पार्किङ गर्न नमिल्ने समेत बताए ।

Purbeli TV

तपाईको प्रतिक्रिया