अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भाण्टावारी विजयी

भाण्टावारी । सुनसरीको कोशी गाउँपालीका ८ स्थित भाण्टावारीमा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । बिहिवार बाट सुरु प्रथम अध्यक्ष कप टि२० क्रिकेट प्रतियोगिताको उद्घाटन कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले गरेका हुन ।

एक भव्य कार्यक्रमका बीच प्रतियोगिता उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालीका अध्यक्ष अन्सारीले कोशी गाउँपालीकामा प्रतिभावान क्रिकेट खेलाडी उत्पादन गर्नका लागि अध्यक्ष कप क्रिकेट प्रतियोगिता महत्त्वपूर्ण रहेको उल्लेख गरेका थिए । खेलाडीको क्षमता अभिवृद्धिका लागि गाउँपालीकाले आगामी दिनमा समेत विभिन्न खेलका प्रतियोगिता लाई निरन्तरता दिने बताए ।

यसैबीच बिहिवार भएको प्रतियोगिताको उद्घाटन खेलमा दुहबी लाई ४० रन हराउँदै भाण्टावारी सेमिफाइनलमा प्रवेश गरेको छ । भाण्टावारीले दिएको १ सय ४८ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको दुहबी अन्तिममा ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्र बनाउन सक्यो । बिहिवारको खेलको म्यान अफ द म्याच भाण्टावारीका मिस्टर आलम घोषित भए । उनलाई समाजसेवी दिपक सिंहले पुरस्कार वितरण गरेका थिए ।

शुक्रबारको खेल इटहरी र राजबिराजबीच हुने आयोजकले जनाएको छ । गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उद्घाटन समारोहमा स्थानीय मन्जुर आलम,बलराम क्षेत्री,समशाद आलम,उसमान मिया,जगदीश कामैत,सिमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायब निरीक्षक अवधलाल सोनार साह,बिओपी भाण्टावारीका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी,वाजुल हक,सुरेश यादव,तारादेबी पौडेल,पहलाद आलम,जमशेद आलम,दिपक सिंह लगायतको उपस्थिति रहेकोे थियो । कोशी गाउँपालीकाको सहयोगमा कोशी क्रिकेट क्लब भाण्टावारीले आयोजना गरेको प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगितामा नेपाल र भारतका विभिन्न ८ वटा टिमको सहभागिता रहेको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सुनसरीको भाण्टावारीमा अनियन्त्रित भई बस पल्टिँदा ७ जना घाइते

भारततर्फ लादै गर्दा गिट्टी सहित ट्याक्टर बरामद

श्रीमतीद्वारा २६ वर्षीय श्रीमानको हत्या, छोराछोरी सहित श्रीमती फरार

घुरको आगो निभाउने क्रममा सुनसरीमा बालिका गम्भीर घाइते

सिराहा बाट बिराटनगर आउदै गरेको बसले किचेर पानी बेच्ने बालकको मृत्यु

सशस्त्र प्रहरीद्वारा भन्सार छलेको अवैध सामान बरामद

आगलागी पीडित परिवारलाई २५ हजारका दरले राहत वितरण

सुनसरीमा गोलि चल्यो एकजना घाइते (तस्विरहरू सहित)

सुनसरीकाे कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट, नियन्त्रण प्रयास जारी ( १३ तस्विरहरू)

कोशी टप्पुमा गोलि हानी ५ वटा चौपाया मारिए

तपाईको प्रतिक्रिया

Loading…