पत्रकार महासंघ सुनसरीले बार्षिक साधारणसभाको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने

इटहरी / नेपाल पत्रकार महासंघ सुनसरी शाखाले यस वर्ष वार्षिक साधारणसभाको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ। सुनसरीमा पहिलोपल्ट सप्ताहव्यापी पत्रकार र पत्रकारितासम्बन्धी विविध रचनात्मक क्रियाकलाप समावेस गरी कार्यक्रम गर्न लागेको हो । विहीबार बसेको पत्रकार महासंघ जिल्ला शाखाको बैठकले सप्ताहव्यापी कार्यक्रम आगामी पुस १५ गते सुरु गरेर पुस १९ गतेसम्म गर्ने भएको हो ।

कार्यक्रम अनुसार, पहिलो दिन (पुस १५ गते) महासंघको धरानमा निर्माण भएको दोस्रो तला भवन उद्घाटन, दोस्रो दिन (पुस १६ गते) इनरुवामा पत्रकारितामा विद्यमान विद्यमान चुनौती र सामाजिक उत्तरदायित्व विषयक अन्तरक्र्रिया गर्न लागेको हो । यस्तै, तेस्रो दिन (पुस १७ गते) इटहरीमा पत्रकारका सृजना सार्वजनिक तथा प्रस्तुतीसँगै फोटो प्रदर्शनी पनि गर्ने भएको छ । महासंघले जिल्लाको इतिहास लेखन कामलाई समेत अघि बढाउने भएकाले गर्दा पत्रकारका सृजना सार्वजनिक तथा प्रस्तुती कार्यक्रम राखिएको हो । यही दिन पत्रकारका स्वास्थ्य चेकजाँच गर्न स्वास्थ्य शिविर गरिने भएको छ।

चौथो दिन (पुस १८ गते) धरानमा पत्रकारकै लागि खेलकुद कार्यक्रम र पाँचौ दिन (पुस १९ गते) धरानमै साधारणसभा गरिनेछ। साधारणसभामा सागठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, पत्रकारका लागि स्थापना गर्न लागिएको हित कोषको कार्यविधि पारित र भावि कार्यक्रम पारित गरिने नेपाल पत्रकार महासंघ सुनसरीले जनाएकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया