प्रदेश सांसद सर्वध्वज साँवाले घरलाई बाघ बस्ने गुफा भन्दा हाँसो गलल ! (भिडियाे सहित)

जनता पार्कको भयाे उद्घाटन


इटहरी । सुनसरीको ईटहरी ९ मा निर्माण आरम्भ भएको जनता पार्कको शिलान्यासमा बिशिष्ट अथिथिका रुपमा उपस्थित प्रदेश सांसद सर्बध्वज साँवाले बिहिबार भाषण गर्दा हाँसो र तालीको बर्षा नै भयो ।

उनले एक ईन्च आफनो जग्गा नछोडी घर बनाउनेहरुलाई घमण्ड छ की हामी महलमा बसेका छौँ तर हैन.. हामी त सिंह अनि बाघ बस्ने गुफामा बसेका छौँ भन्दा हाँसोको फोहरा गुञ्जियो । उनले पछिल्लो समय बढेको जग्गा अतिक्रमण तर्फ इंगित गर्दै यस्तो बताएका थिए ।

उनले पार्क सबैका लागी आबश्यक भएको अझ ईटहरी जस्तो शहरमा पार्क अनिबार्य भएको भन्दै पार्क बनाउँदाका फाईदाहरु प्रष्टाए । कार्यक्रममा ईटहरीका मेयर द्धारिकलाल चौधरीले ४ महिनाभित्रमा पार्क निर्माण हुने बताए । पार्कको १०२ बर्षिय बृद्ध भानुभत्त लम्सालले धुपीको बिरुवा रोप्दै एवं टाली बिछ्याउँदै शिलान्यास गरे । नगरको ३३ औँ बैठकले पार्क निर्माण गर्ने प्रस्ताव पारित गरेको थियो । पार्क शिलान्यासका लागी प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आउने भनिएपनि उनी भने आएनन ।

Purbeli TV

तपाईको प्रतिक्रिया