बेलबारीका मेयर ७० लाखको गाडीमा सरर !

तस्विरमा : खरिद गरिएको नयाँ गाडीको गुगल तस्विर र पुरानो समाचार

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले नगरप्रमुखका लागी ७० लाख ५० हजार मुल्यको (फो डब्ल्यु डी ) स्कर्पियो गाडी खरिद गरेको छ । केहीदिन अघि मात्र खरिद गरिएको को १ झ ५८७ नम्बरको गाडी लिएर नगरप्रमुख ज्ञानेन्द्र सुवेदी काठमाण्डौ गएका छन । बिहिबार उनीसँग सम्पर्क गर्दा उनले गाडी खरिद गरेको तर आफुलाई गाडीको नम्बर र रकम थाहा नभएको बताए ।

बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहाल सँग सम्पर्क गर्दा उनले नगरप्रमुखका लागी गाडी खरिद गरिएको जानकारी दिए । केही अनलाईन पत्रिका र एक राष्ट्रिय दैनिकका “आफनै निजि गाडी चढेर मन्त्रालय पुग्छन बेलबारीका मेयर”भन्ने शिर्षकमा समाचार प्रकाशित भएको केही महिना नबित्दै मेयरका लागी नगरपालिकाले नयाँ गाडी खरिद गरेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया