फायरिङका क्रममा गोली लागेर प्रहरी जवान घाइते

विराटनगर / विराटनगरमा एक प्रहरी जवान फायरिङका क्रममा घाइते भएका छन् । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी जवान राजेन्द्र यादव लाइ तालिम दिने क्रममा गोली लागेकाे तालिम केन्द्रका प्रमुख शहकुलबहादुर थापाले जानकारी गरउनुभयाे । प्रहरी तालिम केन्द्रमा प्रशिक्षार्थी प्रहरीलाई तालिम दिने प्रशिक्षक थिए । ‘नयाँ प्रशिक्षार्थीहरुलाई गोली हान्न सिकाउने क्रममा पेस्तोलमै गोली अड्कियो,’ एसएसपी थापाले भने, ‘त्यही बेला सफा गरेर पेस्तोलबाट गोली बाहिर निकाल्न खोज्दा पड्किएर घटना हुन गयो ।’ घाइते यादवलाइ तत्काल उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएका प्रहरी जवान यादवलाई थप उपचारका लागि दिउँसो साढे ३ बजे काठमाडौं लगिएको छ । यादवको अवस्था भने खतरामुक्त रहेको गोल्डेन अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया