बारुणयन्त्र बिहिन स्थानीय निकाय : आपतमा भगवान भरोसा

मोरङ । देश संघितामा गईसकेपनि अधिकांश स्थानीय निकाय बारुणयन्त्रबिहिन छन । बारुणयन्त्र नहुँदा आगलागीमा परी दर्जनौले ज्यान गुमाईसकेका छन । आधारभुत आबश्यत्ता समेत पुरा नभएका स्थानीय निकायमा पटक पटक यस्ता घटना दोहोरिरहेका छन । स्थानीय निकायमा करको दायरा अत्याधिक छ तरपनि आधारभुत आबश्यता समेत पुर्ति भएको छैन ।

यस्को पछिल्लो उदाहरण स्वरुप झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडाको एक घरमा आईतबार राति भएको आगलागीमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ । समयमा बारुणयन्त्र आएको भए उनीहरुको ज्यान जाने थिएन । अन्यत्रबाट दमकल आउन समय लागेका कारण यो दुखद घटना भयो । यो एउटा प्रतिनिधि घटना मात्र हो । विभिन्न नगरपालिकाबाट आएको बारुणयन्त्रको सहायताले आगो नियन्त्रणमा आउँदा चार जनाको ज्यान गईसकेको थियो । घटनापछि सो गाँउ यतिबेला शोकमग्न भएको छ । कलिला लालाबालासहित सिंगो परिवार नै खरानी भएको घटनाले सिंगो गाँउ नै रुवाएको छ । सोही क्षेत्रमा बारुणयन्त्रको अभावमा यस्ता ३ वटा ठुला घटना भईसकेका छन ।

समयमा दमकल नहुँदा धेरैले अकालमा ज्यान गुमाउनु परेको छ भने ठुलो परिणाममा धनमालको क्षति हुने गरेको छ । देशका अधिकांश स्थानीय निकायमा बारुणयन्त्र छैन । दमकल नहुँदा आगलागी हुँदा अन्यत्रका बारुणयन्त्र को भरमा बस्नुपर्ने बाध्यता रहेको छ । स्थानीय निकायहरु यस बिषयमा जानकार भएर पनि लाचार छन । बिभिन्न शिर्षकमा अनाबश्यक खर्च गर्नुको साटो बारुणयन्त्र खरिद गर्ने हो भने आफनो स्थानीय निकाय मात्र नभएर छिमेकीलाई पर्दा समेत सहयोग गर्न सहज हुन्छ । तसर्थ सबै स्थानीय निकायमा बारुणयन्त्र अनिबार्य गर्ने सरकारले नै निति बनाउनु जरुरी छ । स्थानीय निकाय पनि यस बिषयमा सचेत बन्नु जरुरी छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया