पीडित र टिफर संचालक विचको वार्ता असफल : मृतकको दाह संस्कार भएन

उदयपुर / उदयपुरमा चुनढुंगा बोकेर आउँदै गरेको टिफरको ठक्करबाट आइतबार राति मोटरसाईकलमा सवार एक युवाको ज्यान गएको थियो । खानी क्षेत्र उदयपुरगढी गाउँपालिका–४ र ७ सरुनेबाट कसमस सिमेन्टको चुनढुंगा बोकेर उद्योगतर्फ आउँदै गरेको बा. ३ ख ६११५ नम्बरको टिफरको ठक्करबाट स. ५ प ३१२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा पछाडी बसेका त्रियुगा गरपालिका–७ कपासेका १८ वर्षीय सोनाम राईको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक १८ वर्षीय भुपेन्द्र राई सामान्य घाइते भएका छन् । मदन भण्डारी राजमार्गअन्तरगत मुर्कुची–जलजले सडकखण्डको त्रिनपा ७ गुन्टे चुहाडेमा दुर्घटना भएको थियो । घटना लगत्तै फरार रहेका टिफर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी अर्जुन रानाभाटले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । मृतकको दाहसंस्कार भएको छैन् ।

मृतकका आफन्त र स्थानीयले उचित क्षतिपुर्तिको माग राख्दै यस क्षेत्रमा कुनै पनि टिफर सञ्चाल गर्न दिएका छैनन् । स्थानीयहरुले टिफरको गति सिमित गर्नु पर्ने, कुन कुन समयमा चल्न दिने चल्न नदिने, टिफरले राति चुन ढुंगा बोक्न नपाउने, टिफरको धुलो धुवाले वातावरण तथा सडक धुल्लामे बनाएकोलाई पानी छर्किनु पर्ने लगायतका माग राखेका छन् । टिफर संचालन गर्न दिने वा नदिने विषयमा इलाका प्रहरी कार्यालयमा दुवै पक्ष विच वार्ता भएपनि टिफर संचालक नआई पुगेकोले सोमबारको वार्ता अनिश्चित बनेको छ । पीडित पक्ष र टिफर संचालक पक्षको बार्ता मंगलबार विहान बस्ने भएको छ ।

टिफर चौविसै घण्टा संचालनमा आएपछि ठूला मानिसको साथै स्कूल पढ्ने बालबालिकालाई सडक वारपार गर्न समस्या आएको स्थानीय अमर बहादुर दनुवारले बताए । ‘टिफरले यसरी घुईकिएर आउँछ कि हावाले नै आफुहरुलाई तान्ला गरे जस्तो हुन्छ ।’ उनले भने, ‘टिफरको गाई गुईको आवाजले गर्दा रातभरी सुत्न समेत पाईदैन् ।’सो क्षेत्रबाट कसमस सिमेण्टका ४० भन्दा बढी टिफर नियमित सञ्चालनमा छन् ।

याे पनि पढ्नुहाेस्

कसमस सिमेन्टको चुन ढुंगा बोक्ने टिफरको ठक्करबाट एकको घटना स्थलमै मृत्यु, टिफर सहित चालक फरार

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

नौं नौं महिनामा फेरिने सरकार होइन यो : उप्रधान तथा रक्षा मन्त्री पोखरेल

गुणस्तरहिन सामग्रीको प्रयोगले बनी नसक्दै भत्किन थाल्यो पुल

हात्तिको आक्रमणबाट मृतक परिवारलाई १० लाख राहत

कसमस सिमेन्टद्वारा अवैध चुन ढुंगा उत्खन्न, लेनदेनमा कुरा नमिलेपछि वन कार्यालयद्वारा उत्खन्नमा रोक

आर्थिक नियमावली मिच्दै दिईने भुक्तानी कदापि स्वीकार्य हुँदैन : कामु महालेखा नियन्त्रक गौतम

शहरमा गाँउको कोसेली कोदो, फापर र जुनेलो

मदन भण्डारी राजमार्गमा गुणस्तरहिन काम : अलकत्रामा मट्टीतेल र मोविल मिसाएर कालेपत्रे

बाँसमै हेलेर कमाउँछ गाँस

उदयपुरमा ६ वर्षिय बालिका बलात्कार

कोशी सम्झौताको ६३ वर्ष : २२ प्रधानमन्त्री फेरिए तर, सुल्झिएन कोशी पीडितको समस्या

तपाईको प्रतिक्रिया