आजको राशिफल / वि.सं. २०७५ मार्गशीर्ष ०५ गते बुधबार

वि.सं. २०७५ मार्गशीर्ष ०५ गते बुधबार तदनुसार ई. सं. २०१८ नोभेम्बर २१ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:३० बजे र सूर्यास्त : साँझ ०५:०८ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२१ बजे र सूर्यास्त : साँझ ०५:०२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३७ बजे र सूर्यास्त : साँझ ०५:१३ बजे, कार्तिक शुक्लपक्षको त्रयोदशी तिथि, दिउँसो १२:५६ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, अश्विनी नक्षत्र, साँझ ०६:२२ बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त), व्यतिपात योग, साँझ ०४:१४ बजेसम्म, त्यसपछि वरीयान् योग, तैतिल करण, दिउँसो १२:५६ बजेसम्म त्यसपछि गर करण, आनन्दादि योग : मृत्यु, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : दक्षिण, वारशूल : उत्तर, आजको चाडपर्व र उत्सव : विष्णु वैकुण्ठ चतुर्दशी व्रत, डोटी केदार मेला, पाल्पा दर्लम डाँडामा महाकाली भगवती यात्रा, आजको मूहुर्त : अन्नप्राशन(पास्नी),

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : पूर्णिमा व्रत, शिव वैकुण्ठ चतुर्दशी, डोटी दिपायलमा जाँत, केदार पूजा, भागेश्वर मेला, धादिंग किरानचोकमा कालिका भगवती यात्रा

०७ गते : मन्वादि, कार्तिक स्नान र चतुर्मासा व्रतको समाप्ति, थानकोट बाणस्थली त्रिवेणी स्नान, निम्बार्काचार्य जयन्ती, गुरु नानक जयन्ती, बराहक्षेत्र सुनसरीमा धार्मिक मेलाको समापन, सिलगढी, डोटीमा शैलेश्वरी जाँत, त्रिपुरोत्सव, कृतिका दीपोत्सव, सकिमनापुह्नि, सामाचकेवा पर्वको समापन, ०८ गते : त्रिजटालाई अर्घ्य दिने दिन, थानकोटमा महालक्ष्मी यात्रा, द्विपुष्कर बेलुका ०५ बजेर ३८ मिनेटपछि,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ । सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला । यद्यपि श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा भने सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा भए पनि आम्दानीमा कमी हुनेछैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

गृहिणीले मानसिक तनाव, व्यापारीले घाटा, विद्यार्थीले अनावश्यक बखेडा र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । यात्रा घातक बन्न सक्छ, सचेत र सावधान भई ड्राइभिङ गर्नुपर्छ अनि लामो यात्रामा जानु हुँदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । स्वास्थ्यप्रति समेत सचेत रहनु होला । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ । बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । मनोरञ्जन र खेलवाडप्रति मनको आकर्षण बढे पनि इच्छा पूरा गर्न सकिंदैन । रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

Purbeli TV

ज्योर्तिबिद तथा बास्तुविद कोइराला पिण्डेश्वर बिद्यापिठ धरानमा सहप्राध्यापक हुनुहुन्छ । उहाँ पूर्वेली न्जुजका स्तम्भकार समेत हुनुहुन्छ ।

कृष्ण प्रसाद काेइरालाबाट थप

आजको राशिफल / वि.सं. २०७५ मार्गशीर्ष २९ गते शनिबार

आजको राशिफल / वि.सं. २०७५ मार्गशीर्ष २८ गते शुक्रबार

आजको राशिफल / वि.सं. २०७५ मार्गशीर्ष २७ गते बिहीबार

आजको राशिफल / वि.सं. २०७५ मार्गशीर्ष २६ गते बुधबार

आजको राशिफल / वि.सं. २०७५ मार्गशीर्ष २५ गते मङ्गलबार

आजको राशिफल / वि.सं. २०७५ मार्गशीर्ष २४ गते सोमबार

आजको राशिफल / वि.सं. २०७५ मार्गशीर्ष २३ गते आइतबार

आजको राशिफल / वि.सं. २०७५ मार्गशीर्ष २२ गते शनिबार

आजको राशिफल / वि.सं. २०७५ मार्गशीर्ष २१ गते शुक्रबार

आजको राशिफल : वि.सं. २०७५ मार्गशीर्ष २० गते बिहीबार

तपाईको प्रतिक्रिया