प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : इमोर्टल्सले चुम्यो ट्रफी

तरहरामा मंगलबारबाट सुरु भएको प्रथम प्रदेशस्तरीय बास्केटबल प्रतियोगिताको फाइनल खेलको उपाधि इमोर्टल्स क्लब धरानले चुमेको छ । खेलको पाँचौ दिन आइतबार भएको फाइनल खेल इमोर्टल्स धरान १५ र होराइजन धरान १७ बीच भएको थियो । प्रतियोगितामा इमोर्टल्सले होराइजनलाई ५४ का बिरुद्ध ७९ स्कोरले पराजित गरेको थियो । चार क्वाटरमा समापन भएको उक्त खेलमा विजेता हुने इमोर्टल्सले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको थियो भने उपविजेता हुने होराइजनले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यस्तै, खेलको एम.भि.पी इमोर्टल्सका बुर्जा बिजयले पाए । प्रदेश १ भरीका १४ वटा टीम सहभागी रहेको उक्त खेलका संयोजक प्रबिण राउत रहेका थिए भने समापन कार्यक्रमका प्रमुख अतिथि स्रमाट श्रेष्ट रहेका थिए । प्रदेश नं. १ मै पहिलोपटक सगरमाथा युवा क्लबले प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता आयोजना गरेको उक्त प्रतियोगिता आगामी बर्षहरुमा समेत निरन्तरता दिदैँ जाने सल्लाहकार समितिका सिजन गुरुङले बताए ।

समापन कार्यक्रममा विभिन्न सहयोगी दाताहरुलाई सम्मान पत्रले सम्मान गरेको आयोजकका प्रदीप गुरुङले बताए । आगामी बर्षहरुमा अझ भव्य र धेरै टीम सहभागी गराई बास्केटबल प्रतियोगिता आयोजना गर्ने उमेश गुरुङले बताए । पदम तामाङको सभाध्यक्षमा सम्पन्न भएको समापन कार्यक्रम उत्तम गिरीले सञ्चालन गरेका थिए ।

Purbeli TV

इटहरीमा बसेर खोज तथा समसामयिक बिषयमा कलम चलाउनुहुने रेग्मी पूर्वेली न्युजका सहकर्मी हुनुहुन्छ ।

विवेक विवश रेग्मीबाट थप

लैङ्गिक हिंसामुक्त इटहरी बनाउन जोड

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : इमोर्टल्सले चुम्यो ट्रफी

कवि भिखारीले भने–‘तिमीले राम्रो भनेपछि…’

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : इमोर्टल्स र होराइजन फाइनलमा

प्रदेशस्तरीय बास्केटबल : इमोर्टल्स, अन्डर डक्स, होराइजन बी र सप्तरङ्गी क्वाटरमा

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : तरहरा ए र होराइजन ए क्वाटरमा

तरहरामा प्रदेश १ स्तरीय बास्केटबल प्रतियोगिता भोलीबाट

तरहरा जेसीज सप्ताह : नृत्यमा कोशी कलेज प्रथम

दसैँ यात्रा २०७५ : कष्टपूर्ण तर अविस्मरणीय यात्रा (यात्रानुभूति)

तरहरा जेसीज सप्ताह : पत्रकारले हराए जेसीजलाई

तपाईको प्रतिक्रिया