चौकमा शालिक ढलेपनि बाबुरामको छतमा राजा ठिंग उभिए

इटहरी । आफु सानो छँदा पुस्तकमा पढेको श्रीमान गम्भिर नेपाली….ले मनमा गहिरो छाप छोडेको र राजाप्रति आदरभाव बढेका कारण ईटहरीका बाबुराम प्रधानको मनमा राजारानी प्रति उच्च सम्मान कायमै रहयो । पछि आफु होटलमा काम गर्दा सुनसरीको ईटहरी चौकमा राजा बिरेन्द्रको शालिक राखिँदा सायद उनीजति खुसी कोही भएन ।

पछि २०६२।०६३ को जनआन्दोलनमा ईटहरी चोकको शालिक ढालियो । उनले शालिकका केही टुक्रा भेला पारे,टुक्रा टुक्रा भएको शालिक उनले भेला पारे र घरमा थन्काए,केही बर्ष पछि उनले शालिकलाई घरको छतमा ठडयाए । केही मानिसले उनलाई राजावादी भएको आरोप लगाए भने केहीले धम्की समेत दिए । तरपनि उनी अलिकति बिचलित भएनन् । उनी राजावादी होईनन तरपनि उनको घरको छतमा राजाको शालिकलाई उच्च सम्मानका साथ राखिएको छ ।

बाबुराम ब्यबसायी हुन । उनले ३ दशक अघि देखि ड्राईभिङ पेशा अंगालेका छन । यसबिचमा उनले ३० हजार बढी चालकहरु उत्पादन गरिसकेका छन । उनको अण्डर ग्राउण्ड ड्राईभिङ सेन्टर ईटहरीमा मात्र नभएर पुर्बमै पुरानो र चर्चित रहेको छ । कुनैबेला नेता लालबाबु पण्डितका चालक समेत रहेका उनी आमाबाबु पछि आफनो पेशालाई सम्मान गर्छन । यहि कारण उनले आज सफल ब्यबसायीको परिचय बनाएका छन ।

को हुन बहुप्रतिभाका धनी बाबुराम ?

बि.स २०२७ साल कार्तिक १५ गते सुनसरीको ईटहरी ३ मा जन्मिएका बाबुराम प्रधान बहुप्रतिभाशाली ब्यत्ति हुन । सफल ब्यबसायीका साथै सफल गायकका रुपमा समेत उनी परिचित छन । उनले आधा दर्जन बढी गित गाएका छन । १०४ पटक रत्तदान गरी रेकर्ड कायम गरेका उनी सामाजिक क्रियाकलापमा समेत उत्तिकै सक्रिय रहेका छन ।

ईमान्दार भएर कडा मेहनत गरे सफल हुने उनको तर्क रहेको छ । आफुले सिकाएका चालकहरु सफल भएको देख्दा धेरै खुसी लागेको उनी सुनाउँछन । पछिल्लो समय रेडक्रसमा समेत आबद्ध भएका उनले पहिलोपटक आफनो नाममा खरिद गरेको कार घरको छतमा राखेर समेत चर्चा कमाएका छन ।

घरको छतमा पुरानो कार र राजाको शालिक

जिवनमा पहिलोपटक खरिद गरेको थोत्रो र पुरानो कार उनले आफनो घरको छतमा राखेका छन । ईटहरीमा उनको त्यहि कार राखेको घर धेरैको चर्चाको बिषय बन्ने गरेको छ । आफु जिवनको शुरुवात र सफलता दिने त्यहि कारलाई सधै सम्मानका साथ शिरमा राखिएको उनी बताउँछन । यस्तै घरको छतमा राजाको शालिक राखेर चर्चा बटुले अनि बिवादको घेरामा समेत परे । तर उनी आफु धेरै नपढे पनि आफुलाई जे राम्रो लाग्छ त्यहि काम गरिरहेको र आफु खुसी रहेको बताउँछन ।

Purbeli TV

तपाईको प्रतिक्रिया