प्रदेशस्तरीय बास्केटबल : इमोर्टल्स, अन्डर डक्स, होराइजन बी र सप्तरङ्गी क्वाटरमा

इटहरी / तरहरामा मंगलबारबाट सुरु भएको प्रथम प्रदेशस्तरीय बास्केटबल प्रतियोगिताको दोस्रो दिन बुधबार भएको खेलमा ४ वटा टीम क्वाटरफाइनलमा प्रवेश भएका छन् । बुधबारको पहिलो खेलमा इमोर्टल्स भर्सेस बिराटनगर बास्केटबल एकेडेमी बीच भएको थियो । बिराटनगरलाई इमोर्टल्सले ४२ का बिरुद्ध ८२ स्कोरले पराजित गरेको थियो । दोस्रो खेलमा अन्डर डक्स भर्सेस तरहरा सी बीच भएको थियो । अन्डर डक्सले २७ का बिरुद्ध ३० स्कोरले पराजित ग¥यो । त्यस्तै, झापा र होराइजन बी बीच भएको तेस्रो खेलमा होराइजनले झापालाई ३९ का बिरुद्ध ६२ स्कोरले पराजित ग¥यो ।

सप्तरङ्गी र वीपी के आइ एच एस बीच हुने भएको भनिएपनि वीपी को टीम सहभागी नभएपछि वाकओभर भएकाले सप्तरङ्गी क्वाटरमा प्रवेश गरेको आयोजकका प्रदीप गुरुङले जानकारी दिए । अब शुक्रबार क्वाटरफाइनल खेल हुनेछ । क्वाटरफाइनलको पहिलो खेल स्ट्याक्स धरान भर्सेस सप्तरङ्गी, दोस्रो खेल अन्डर डक्स धरान भर्सेस दमक, तेस्रो खेल होराइजन ए भर्सेस होराइजन बी, इमोर्टल्स भर्सेस तरहरा ए बीच हुने आयोजकले जनाएको छ ।

सगरमाथा युवा क्लबको आयोजनामा सञ्चालित उक्त प्रतियोगिताको बिजेता टीमले नगद ३० हजार र उपविजेता टीमले नगद पन्ध्र हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्नेछन् । उक्त प्रतियोगितामा सुनसरी, मोरङ र झापाका गरी १४ वटा टीम सहभागी रहेका छन् । खेल २ गतेसम्म सञ्चालन हुनेछ ।

Purbeli TV

इटहरीमा बसेर खोज तथा समसामयिक बिषयमा कलम चलाउनुहुने रेग्मी पूर्वेली न्युजका सहकर्मी हुनुहुन्छ ।

विवेक विवश रेग्मीबाट थप

१५ बर्षीया बालिका : जसले बुबा गुमाएको २१ दिनमै गुमाइन् आमा

टेग्रा किनारमा भविष्य कोर्दै बिपन्न बालबालिका

लैङ्गिक हिंसामुक्त इटहरी बनाउन जोड

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : इमोर्टल्सले चुम्यो ट्रफी

कवि भिखारीले भने–‘तिमीले राम्रो भनेपछि…’

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : इमोर्टल्स र होराइजन फाइनलमा

प्रदेशस्तरीय बास्केटबल : इमोर्टल्स, अन्डर डक्स, होराइजन बी र सप्तरङ्गी क्वाटरमा

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : तरहरा ए र होराइजन ए क्वाटरमा

तरहरामा प्रदेश १ स्तरीय बास्केटबल प्रतियोगिता भोलीबाट

तरहरा जेसीज सप्ताह : नृत्यमा कोशी कलेज प्रथम

तपाईको प्रतिक्रिया