बुद्ध एयरको चरम लापरबाही: भाइटीका लगाउन हिडेका यात्रु परे बिचल्ली

काठमाडौं / छिटो र छरितो यात्राको निमित्त यात्रुहरुले हवाई यात्राको प्रयोग गर्ने गर्छन् त्यहि भएपर्दो हवाई यात्रा अन्तिम समयमा आएर स्थगित हुँदा कतिपय यात्रुहरु एयरपोर्ट मै अलपत्र पर्ने गरेका छन् । यस्तै भयो विहीबार शुक्रबारको भाइटीका लगाउन भनेर २० दिन अगाडि नै काठमाडौं देखि भरतपुरको लागि बुद्ध एयरमा टिकट लिएका यात्रु विहीबार २.३० मा उडान तालिका रहेको फ्ल्याइट यु ४ ३५९ क्यान्सिल भएपछि अलपत्र परेका छन् ।

सुरुमा फ्ल्याइट केहि ढिला हुने बताइयो तर ३. ४५ मा फ्ल्याइट क्यान्सिल भएको र भोली बिहान मात्र जाने बताइएपछि यात्रुहरु आक्रोसित भएका छन् ।

चाडपर्वका बेला आफ्ना आफन्त कहाँ छिटो र समयमै पुग्न हवाइजहाजको टिकेट काटेका यात्रुहरुले झन् पाउनु सम्मको सास्ती खेपेका छन् । तिहारको भाइटीकाको लागि भनेर बुद्ध एयरबाट भरतपुर जान टिकट काटेका यात्रुहरु अलपत्र परेपछि यात्रु र बुद्ध एयरका कर्मचारी प्रहरीबीच विहीबार एयरपोर्ट भित्रै घम्साघम्सी भएको छ । चाडपर्बका बेला फ्ल्याइट क्यनसिल र ढिला हुने समस्या बढी रहेको भन्दै हवाइयात्रुहरुको गुनासो बढ्दो छ । साभार श्राेतः रिया भण्डारी, न्यूज२४नेपाल

Purbeli TV

तपाईको प्रतिक्रिया