इटहरी आगलागी अपडेट : नियन्त्रण प्रयास जारी (२८ तस्विरहरू तथा भिडियाे )

इटहरी / इटहरी ६ स्थित धरान लाईनमा रहेको  सप्तकोशी इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको छ । आगलागीमा विनोद पराजुली र गणेश लुइँटेल को घरमा अागलागी भएकाे हाे । बन्द रहेको पसलमा दिउसाे १ बजे दाेस्राे तलामा आगोको मुस्लो देखिएपछि स्थानिय र दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी रहेकाे छ । दुई तलामाथि लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई हम्मे हम्मे परिरहेकाे छ ।

अगलागीकाे खास कारण एक्किन नभएतापनी ग्यास लिकेज अागलागी भएकाे अासंका गरिएकाे उक्त अागलागीमा परी २० कराेड बढीकाे क्षती अनुमान गर्न सकिन्छ । आगलागीमा परी पसलमा रहेको विद्युतीय सामग्री टेलिभिजन, फ्रिज, भ्याकुमक्लिनर, वासिङमेशिन लगायत सम्पूर्ण सामानहरू पूर्णरूपमा नष्ट भएको छ ।

प्रारम्भिक रिपोर्टअनुसार आगो छिमेकी घरमा फैलिने खतरा देखिएपछि धरान, इटहरी, इनरूवा। सुन्दरहरैचारका दमकल परिचालन भएका छन्। अागाे नियन्त्रणका लागी नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियले पनि आगलागी नियन्त्रणमा सहयोग गरिरहेका छन् । इलेक्ट्रोनिक्स पसलसगै गोदाम तथा अन्य पसल समेत रहेको कारण ठुलो क्षति भएको अनुमान गरिएको छ ।

लक्ष्मी पुजाकाे दिन इटहरीमा चाेकमा भीषण अालगाली, नियन्त्रण प्रयास जारी (भिडियाे सहित)

तपाईको प्रतिक्रिया